भारतका सात प्रमुख विमानस्थलमा बुधबार सयभन्दा बढी उडानहरू प्रभावित
नयाँ दिल्ली । भारतका सात प्रमुख विमानस्थलमा प्राविधिक गडबडी र कर्मचारी अभावका कारण बुधबार १०० भन्दा बढी उडानहरू प्रभावित भएका छन् ।
यसबाट हजारौं यात्रुहरू मर्कामा परेका छन् ।
इन्डोगो एयरलाइनले क्रु सदस्य र सञ्चालनसँग सम्बन्धित समस्याका कारण इन्दोरमा ११, हैदराबादमा १३, सूरतमा ८, अहमदाबादमा २५ र बेंगलुरुमा ४२ वटा उडानहरू रद्द वा ढिलो भएको जानकारी दिएको छ ।
यसैगरी दिल्लीमा पनि उडानहरूमा असर परेको छ । यहाँ चेक–इन प्रणालीमा समस्या देखिएपछि त्यसलाई म्यानुअल रूपमा सञ्चालन गरिएको थियो । वाराणसी विमानस्थलमा भने यात्रुहरूलाई माइक्रोसफ्ट विन्डोजमा विश्वव्यापी सेवा अवरोधका कारण आईटी सेवामा असर परेको जानकारी गराइएको थियो । यद्यपि, माइक्रोसफ्टले यो खबरलाई गलत बताएको छ ।
केही सञ्चार माध्यमका रिपोर्टहरूमा २०० भन्दा बढी उडानहरू प्रभावित भएको दाबी गरिएको भास्करले लेखेको छ । तर, यी सबै उडानहरू इन्डिगो एयरलाइनका हुन् वा अन्य एयरलाइनका पनि समावेश छन् भन्नेबारे अझै स्पष्ट हुन सकेको छैन ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण