महत्त्वपूर्ण जित हात पारेका छौँ, प्लेअफ’ पुग्ने विश्वास छः लुम्बिनीका खेलाडी जोरा
सारांश
- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिगमा तेस्रो जित दर्ता गर्यो र प्लेअफको सम्भावना बलियो बनायो।
- सन्दीप जोराले बाँकी खेल जितेर प्लेअफ पुग्नेमा विश्वास व्यक्त गरे।
- विराटनगर किंग्सलाई हराएपछि विराटनगरलाई प्लेअफमा पुग्न दबाब परेको छ।
काठमाडौँ । लुम्बिनी लायन्स दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा तेस्रो जित निकाल्दै अङ्कतालिकाको शीर्ष चार स्थानमा पुगेको छ । विराटनगर किंग्सलाई पाँच विकेटले हराउँदै लुम्बिनीले आज (बुधबार) यो स्थान तय गरेको हो, अब बाँकी रहेको एक खेलमा जित निकालेमा लुम्बिनीको ‘प्लेअफ’को यात्रा सुनिश्चित हुनेछ ।
आजको जितपछि सञ्चारकर्मीसँगको कुराकानीमा लुम्बिनीका खेलाडी सन्दीप जोराले भने, “महत्त्वपूर्ण तेस्रो जित हात पारेका छौँ । बाँकी रहेको खेलमा पनि जित निकालेर प्लेअफ पुग्नेछौँ भन्ने विश्वास छ ।”
आजको जितले टोलीको मनोबल उच्च भएकाले अबको खेल पनि जित्ने उहाँको दाबी छ । विदेशी खेलाडीसँग खेल्दा क्षमता अभिवृद्धिमा सहयोग पुग्नेसमेत जोराले बताए ।
आजको हारले अङ्कतालिकाको तेस्रो स्थानमा रहेको विराटनगरलाई ‘प्लेअफ’ पुग्न बाँकी रहेको खेल जित्नुपर्ने दबाब बढेको छ । विराटनगरको छ खेलबाट आठ अङ्क रहेको छ ।
विराटनगरका खेलाडी लोकेश बमले ब्याटिङमा राम्रो गर्न नसक्दा आजको खेल गुमाउनु परेको बताए । उनले भने, “ब्याटिङ सोचेजस्तो हुन सकेन, १५/२० रन थप भएको भए हामीलाई जित्न सहज हुन्थ्यो । पहिलो इनिङमा रन कम हुँदा बलिङमा पनि पछि पर्यौँ ।”
‘टप अर्डर’का ब्याटरले हालसम्मको कमजोरीलाई सुधार गर्दै लैजानुपर्ने बताउँदै उनले आगामी खेलमा सुधार हुने विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण