एमाले उपमहासचिवमा शेरबहादुर तामाङको दाबी
बिहीबार, १८ मङ्सिर २०८२, ११ : ५७
सारांश
- नेकपा एमालेका नेता शेरबहादुर तामाङले ११ औँ महाधिवेशनमा उपमहासचिव पदमा दाबी पेस गर्ने भएका छन्।
- उनले अध्यक्ष केपी शर्मा ओलीलाई समर्थन गर्दै उपमहासचिव पदका लागि दाबी गर्ने बताएका हुन्।
- एमाले महाधिवेशन मङ्सिर २७ गतेदेखि हुँदैछ, जहाँ ओली र पोखरेल अध्यक्षका लागि प्रतिस्पर्धा गर्दैछन्।
काठमाडौँ । नेकपा एमालेका नेता शेरबहादुर तामाङले ११ औँ महाधिवेशनमा उपमहासचिव पदमा दाबी पेस गर्ने भएका छन् । हाल स्थायी कमिटी सदस्य रहेका तामाङले अध्यक्षमा केपी शर्मा ओलीलाई साथ दिँदै उपमहासचिवमा दाबी गर्ने बताएका हुन् ।
‘महाधिवेशनमा केपी ओलीलाई समर्थन गर्दै उपमहासचिवमा मेरो सशक्त दाबेदारी रहन्छ’, तामाङले बिहीबार निकटस्थहरूलाई एसएमएस पठाउँदै भनेका छन्, ‘हजुरको सहयोग तथा सुझावको हार्दिक अपेक्षा गर्दछु । हाम्रो सोलिडारिटी सधैँ रहनेछ ।’
मङ्सिर २७ देखि हुने एमाले महाधिवेशनमा अध्यक्षका लागि केपी शर्मा ओली र नेता ईश्वर पोखरेलले उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । अध्यक्षमा ओली र पोखरेलको प्रतिस्पर्धा हुने देखिएसँगै अन्य नेताहरू पनि ओली र पोखरेलको पक्षमा खुल्ने क्रम जारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेप बढेको महासंघको आरोप
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण