शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
एनपीएल : अपराजित रहँदै क्वालिफायरमा सुदूरपश्चिम, ४९ रनले हार्‍यो चितवन
LIVE UPDATES

LIVE UPDATES : एनपीएल : अपराजित रहँदै क्वालिफायरमा सुदूरपश्चिम, ४९ रनले हार्‍यो चितवन

बिहीबार, १८ मङ्सिर २०८२, १८ : २५
Live

काठमाडौँ । सुदूरपश्चिम रोयल्स दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरेको छ । 

बिहीबार भएको खेलमा सुदूरपश्चिमले चितवन राइनोजमाथि ४९ रनको जित निकाल्दै क्वालिफायरमा पुग्ने पहिलो टिम बनेको हो । 

योसँगै सुदूरपश्चिम लगातार दोस्रो संस्करणमा क्वालिफायर पुग्ने पहिलो टोली पनि बनेको छ ।  

त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको १७० रनको लक्ष्य पछ्याएको चितवनले १७ ओभर १ बलमा सम्पूर्ण विकेट गुमाउँदै १२० रन बनायो । 

सुदूरपश्चिमले चितवनलाई हराउँदा मैदानमा जे देखियाे, तस्बिरहरू

काठमाडौँ । सुदूरपश्चिम रोयल्स दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरेको छ । 

बिहीबार भएको खेलमा सुदूरपश्चिमले चितवन राइनोजमाथि ४९ रनको जित निकाल्दै क्वालिफायरमा पुग्ने पहिलो टिम बनेको हो । 

योसँगै सुदूरपश्चिम लगातार दोस्रो संस्करणमा क्वालिफायर पुग्ने पहिलो टोली पनि बनेको छ ।  

एनपीएल : क्वालिफायरमा पुग्ने पहिलो टोली बन्यो सुदूरपश्चिम

काठमाडौँ । सुदूरपश्चिम रोयल्स दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरेको छ । 

बिहीबार भएको खेलमा सुदूरपश्चिमले चितवन राइनोजमाथि ४९ रनको जित निकाल्दै क्वालिफायरमा पुग्ने पहिलो टिम बनेको हो । 

योसँगै सुदूरपश्चिम लगातार दोस्रो संस्करणमा क्वालिफायर पुग्ने पहिलो टोली पनि बनेको छ ।  

एनपीएल : सुदूरपश्चिमलाई एकै ओभरमा तीन विकेट

काठमाडौँ । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजविरुद्ध एकै ओभरमा तीन विकेट हात पारेको छ । 

त्रिवि क्रिकेट मैदानमा बिहीबार सुदूरपश्चिमले दिएको १७० रनको लक्ष्य पछ्याएको चितवनले देव खनाललाई छैटौँ विकेटको रूपमा गुमाएको हो ।  

खनाललाई सुदूरपश्चिमका पुनित मेहराले १५औँ ओभरको चौथो बलमा २८ रनमा आउट गराए । १५औँ ओभरको पाँचौँ बलमा महराले जर्ज स्क्रिमशालाई आउट गराए । 

अविनाशले लिए चितवनको पाँचौँ विकेट

काठमाडौँ । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजविरुद्ध पाँचौँ सफलता हात पारेको छ ।

त्रिवि क्रिकेट मैदानमा बिहीबार सुदूरपश्चिमले दिएको १७० रनको लक्ष्य पछ्याएको चितवनले रवि बोपरालाई पाँचौँ विकेटको रूपमा गुमाएको हो । 

बोपरालाई सुदूरपश्चिमका अविनाशले २९ रनमा क्याच आउट गरेका हुन् । 

सुदूरपश्चिमलाई चौथो सफलता, कप्तान कुशल १५ रनमा आउट

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजविरुद्ध चौथो सफलता हात पारेको छ । 

त्रिवि क्रिकेट मैदानमा बिहीबार सुदूरपश्चिमले दिएको १७० रनको लक्ष्य पछ्याएको चितवनले कप्तान कुशल मल्ललाई चौथो विकेटको रूपमा गुमाएको हो ।  

मल्ललाई सुदूरपश्चिमका इशान पाण्डेले १५ रनमा क्याच आउट गरे । यसअघि सुदूरपश्चिमका लागि हिक्मत महराले तेस्रो विकेट लिएका थिए ।

एनपीएल : हिक्मतले लिए चितवनको तेस्रो विकेट

काठमाडौँ । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजविरुद्ध तेस्रो सफलता हात पारेको छ । 

त्रिवि क्रिकेट मैदानमा बिहीबार सुदूरपश्चिमले दिएको १७० रनको लक्ष्य पछ्याएको चितवनले शैब जैबलाई तेस्राे विकेटकाे रूपमा गुमाएको हो । 

जैबलाई सुदूरपश्चिमका हिक्मत महराले ६ रनमा क्याच आउट गरे । यसअघि सुदूरका कप्तान दीपेन्द्र सिंह ऐरीले दुई विकेट लिएका थिए । 

सुदूरपश्चिमलाई पहिलो सफलता, चितवनका मलान आउट

काठमाडौँ । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजविरुद्ध पहिलो सफलता हात पारेको छ । 

त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको १७० रनको लक्ष्य पछ्याएको चितवनले डेभिड मलानलाई पहिलो विकेटको रूपमा गुमाएको हो ।  

मलानलाई सुदूरपश्चिमका दीपेन्द्र सिंह ऐरीले आफ्नै बलमा ६ रन आउट गरेका हुन् । 

एनपीएल : सुदूरपश्चिमले चितवनलाई दियाे १७० रनको विजयी लक्ष्य

काठमाडौँ । क्रिस लिनको अर्धशतकको सहयोगमा दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई १७० रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १६९ रन बनायो । सुदूरपश्चिमका लागि क्रिस लिनले ७५ रनको अर्धशतकीय पारी खेल्दै रिटायर हर्ट भए । उनले ५६ बलमा ५ चौका ३ छक्का प्रहार गरे । 

सुदूरपश्चिमका लागि आरिफ शेख र दीपेन्द्र सिंह ऐरीले समान २४–२४ रन बनाउँदा विनोद भण्डारीले २१ रनको योगदान गरे । बलिङतर्फ चितवनका लागि शैब जैबले दई विकेट लिँदा रञ्जित कुमार र जर्ज स्क्रिमशाले एक–एक विकेट लिए । 

जर्ज स्क्रिमशाले दिलाए चितवनलाई चौथो सफलता

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सविरुद्ध चौथो सफलता हात पारेको छ । 

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले हर्मित सिंहको रुपमा चौथो विकेट गुमाएको हो ।  हर्मितलाई चितवनका स्क्रिमशाले १ रनमा क्याच आउट गराएका हुन् । 

सुदूरपश्चिमका क्रिस लिनको अर्धशतक पूरा

काठमाडौँ । सुदूरपश्चिम रोयल्सका क्रिस लिनले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा चितवन राइनोजविरुद्ध अर्धशतक पूरा गरेका हुन् ।

जैबले लिए सुदूरपश्चिमको तेस्रो विकेट

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सविरुद्ध तेस्रो सफलता हात पारेको छ । 

सुदूरपश्चिमले १० ओभरमा बनायो ७१ रन

काठमाडौँ । सुदूरपश्चिम रोयल्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा चितवन राइनोजविरुद्ध १० ओभरमा ७१ रन बनाएको छ।  

जैबले लिए इशानको विकेट, चितवनलाई दोस्रो सफलता

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सविरुद्ध दोस्रो सफलता हात पारेको छ । 

चितवनलाई पहिलो सफलता, रञ्जितले लिए विकेट

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सविरुद्ध पहिलो सफलता हात पारेको छ । 

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले विनोद भण्डारीको रुपमा पहिलो विकेट गुमाएको हो ।  विनोदलाई चितवनका रञ्जित कुमारले २१ रनमा क्याच आउट गराएका हुन् ।

पहिलो विकेट गुमेसँगै सुदूरपश्चिमले ६ ओभरको समाप्तिमा एक विकेट गुमाउँदै ४६ रन बनाएको छ ।

एनपीएल : चितवन टस जितेर बलिङ गर्दै

काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज प्रतिस्पर्धा गर्दैछन् ।

त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रंगशाला, कीर्तिपुरमा चितवनले टस जितेर बलिङ रोजेको छ । सुदूरपश्चिम अपराजित १० अङ्कका साथ शीर्ष स्थानमा छ । आजको खेल जितेर सुदूरपश्चिम पहिलो क्वालिफायरमा स्थान सुरक्षित गर्ने दाउमा छ ।

पाँच खेलबाट चार अङ्क जोडेको चितवनलाई प्लेअफ आशाका लागि आजको खेलमा विजयी हुनैपर्ने बाध्यता छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया