दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय
उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि के भने महावीर पुनले ?
शुक्रबार, १९ मङ्सिर २०८२, १० : ३३
सारांश
- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिका लागि निवेदन नपरेकोमा असन्तुष्टि जनाए ।
- उनले मातृभूमिलाई सेवा गर्ने उद्देश्यले स्वास्थ्य क्षेत्रमा प्राडा भई १० वर्ष काम गरेको व्यक्तिलाई सम्पर्क गर्न आग्रह गरे ।
- मन्त्री पुनले सुदूरपश्चिम प्रदेशको विश्वविद्यालयको उपकुलपति पदका लागि इच्छुक देशभक्त सन्तानलाई निवेदन दिन आग्रह गरेका छन्।
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि असन्तुष्टि जनाएका छन् ।
मातृभूमिलाई सेवा गर्ने उद्देश्यले स्वास्थ्य क्षेत्रमा प्राडा भई १० वर्ष काम गरेको कोही भए आफूलाई सम्पर्क गर्न पनि उनले आग्रह गरेका छन् ।
सामाजिक सञ्जालमा उनले भनेका छन्–'सुदूरपश्चिम प्रदेश धनगढी नजिकै रहेको दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको लागि उपकुलपति पदको विज्ञापन २ पटक सम्म गर्दा पनि कसैको निवेदन परेन । त्यसैले मातृभूमिलाई सेवा गर्ने उद्देश्यले स्वास्थ्य क्षेत्रमा प्रा.डा. भई १० वर्ष काम गरेको नेपाल आमाको कोही इच्छुक देशभक्त सन्तान हुनुहुन्छ भने कृपया निवेदन दिनुहोस् अथवा मलाई नै सम्पर्क गर्नुहोस् ।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
-
बालेनले ३ प्रतिशत कर हटाएसँगै शिक्षामन्त्रीले निजी विद्यालय सञ्चालकलाई छलफलमा बोलाए
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
-
विश्वकप हारपछि भावुक बनेका मेस्सीले भनेः यो घाउ निको हुन समय लाग्नेछ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण