कोशीबाट सचिव बन्नेको लर्को, ओलीलाई व्यवस्थापनको सकस
सारांश
- एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा कोशी प्रदेशबाट सचिव पदका लागि नेताहरूको दौडधुप सुरु भएको छ।
- पूर्व मुख्यमन्त्री शेरधन राई, वर्तमान मुख्यमन्त्री हिक्मत कार्की, र अन्य 'हेभीवेट' नेताहरूले सचिव पदमा दाबी गरेका छन्।
- अग्नि खरेलले विधान महाधिवेशनको निर्णयलाई स्मरण गर्दै पदाधिकारी व्यवस्थापनमा देखिएको सकसको बारेमा चर्चा गरे।
विराटनगर । नेकपा (एमाले) को ११ औँ महाधिवेशन नजिकिँदै गर्दा कोशी प्रदेशबाट पदाधिकारी, विशेष गरी सचिव पदमा दाबी गर्ने नेताहरूको लर्को देखिएको छ । अध्यक्ष केपी शर्मा ओलीको गृह प्रदेश समेत रहेको कोशीबाट ‘हेभीवेट’ नेताहरूले सचिवमा दाबी गरेपछि नेतृत्वलाई व्यवस्थापनमा सकस पर्ने देखिएको छ ।
कोशी प्रदेशबाट एमालेको सचिव पदमा आधा दर्जनभन्दा बढी नेताहरूले आकाङ्क्षा देखाएका छन् । जसमा नवौँ महाधिवेशनमै सचिवमा प्रतिस्पर्धा गरेका परशुमेघी गुरुङदेखि संस्थापक मुख्यमन्त्री शेरधन राई र हालका मुख्यमन्त्री हिक्मत कार्कीसम्म छन् ।
त्यस्तै, पूर्वमन्त्री भानुभक्त ढकाल, नेता राजेन्द्र गौतम र अग्नि खरेल पनि सचिवको दौडमा छन् । अर्का नेता विनोद ढकालले पनि सचिवमा दाबी गरिरहेका छन् । विनोद ढकालबाहेक अन्य सबै नेताहरू अध्यक्ष ओली पक्षधर (संस्थापन) मानिन्छन्, जसले गर्दा व्यवस्थापन थप पेचिलो बनेको छ ।
कोशीबाट सचिवका दाबेदार नेता तथा पूर्वमन्त्री अग्नि खरेलले महाधिवेशनको मुखमा पदाधिकारी व्यवस्थापनमा देखिएको सकसबारे विधान महाधिवेशनको निर्णयलाई स्मरण गरेका छन् । उनले त्यतिबेलाको पोलिटब्युरो बैठकमा आफूले पदाधिकारी, स्थायी कमिटी र केन्द्रीय सदस्यको सङ्ख्या घटाउन नहुने मत राखेको बताए ।
‘मैले विधान महाधिवेशन गर्नुभन्दा अगाडिको पोलिटब्युरो बैठकमै भनेको थिएँ, पदाधिकारीको सङ्ख्या नघटाऔँ, वरिष्ठ लगायतका कसैलाई पनि नहटाऔँ, स्थायी कमिटी पनि नहटाऔँ र केन्द्रीय कमिटीको सदस्य सङ्ख्या पनि नघटाऔँ,’ खरेलले भने ।
_RIo5JHVasE.jpg)
उनले त्यतिबेला सङ्ख्या घटाएर पछि राष्ट्रिय महाधिवेशनमा नेता व्यवस्थापन गर्न फेरि सङ्ख्या थप्नुपर्ने अवस्था आए त्यो राम्रो नदेखिने तर्क गरेका थिए । ‘विधान महाधिवेशनमा एउटा निर्णय गर्ने अनि पछि राष्ट्रिय महाधिवेशनमा पुगेर मेरो अनुहार सम्झिएर फेरि मैले भनेकै ठाउँमा पुग्नुहोला भनेको थिएँ,’ उनले भने, खरेलले भने, ‘अहिले आएर मेरै कुरा सही हुने देखिँदैछ ।’
खरेलले आफू सचिवको आकाङ्क्षी रहेको तर नेतृत्व र साथीभाइहरूसँगको सरसल्लाहमा अघि बढ्ने बताए । ‘मेरो इच्छा छ, मैले इच्छा व्यक्त गरेको छु । साथीहरूसँग सरसल्लाह गर्न बाँकी छ,’ उनले भने । सहमति नभए लोकतान्त्रिक विधि (चुनाव)बाट नेतृत्व चयन हुनुलाई अन्यथा मान्न नहुने उनको भनाइ छ ।
कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री तथा एमाले नेता शेरधन राईले पनि आफू सचिवको तयारीमा रहेको बताएका छन् । ‘मैले सचिवको तयारी गर्ने भन्ने कुरा भइरहेको छ । अब हेरौँ दुई–चार दिनमा सबै कुरा फिक्स हुन्छ,’ उनले भने ।
कोशीबाट धेरै आकाङ्क्षी देखिएको सन्दर्भमा राईले अन्तिममा कसरी जाने भन्ने विषयमा छलफल गरेर टुङ्गो लाग्ने बताए । ‘दाबेदारी त गर्ने धेरै जना नै हुनुहुन्छ, तर अन्तिममा मोटामोटी कसरी जाने भन्ने कुरा फाइनल हुन्छ, त्यही हिसाबमा हामी अगाडि बढ्छौँ,’ राईले भने ।
कोशी प्रदेशबाट उदाएका नेताहरू केन्द्रमा स्थापित हुन खोज्दा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सन्तुलन मिलाउन हम्मेहम्मे पर्ने देखिएको छ । पुराना र आफू निकट नेताहरूको धेरै दाबी छ । शेरधन राई हालका कोशी इन्चार्ज हुन् र हिक्मत कार्की स्थायी समिति सदस्य र कोशीका मुख्यमन्त्री हुन् । भानुभक्त ढकाल र अग्नि खरेल जस्ता ओलीका विश्वासपात्रहरू पनि सचिवको दौडमा हुँदा विधान महाधिवेशनले निर्धारण गरेको सीमित पदाधिकारी सङ्ख्या साँघुरो भएको देखिन्छ । विधान अनुसार एमालेमा अब १५ सदस्यीय पदाधिकारी हुनेछन् । जसमा अबको महाधिवेशनबाट ७ जना सचिव बन्नेछन् । स्रोतका अनुसार ७ वटै प्रदेशबाट सचिव बनाउने तयारी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजासहितको प्रजातन्त्र' को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
-
पोखराको फोहोर फाल्ने ठाउँमा भेटियो ग्रिनेट
-
इरानले भन्यो, ‘कुवेत विमानस्थलमाथिको आक्रमणमा अमेरिकी प्रतिरक्षा प्रणालीको हात’
-
कांग्रेसमा ३ लाख ७५ हजारको क्रियाशील सदस्यता अद्यावधिक
-
विराटनगर महानगरपालिकाका सबै वडा पूर्णखोप सुनिश्चित
-
एमालेको २ दिने कार्यशाला : सदस्यता नवीकरणको म्याद थप्न सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण