सल्यानको कपुरकोटमा सफारी गाडी दुर्घटना, ६ जना घाइते
सारांश
- सल्यानको कपुरकोटमा सफारी गाडी दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।
- रोल्पाबाट दाङ जाँदै गरेको गाडी अनियन्त्रित भई सडकमा पल्टिएको थियो।
- घाइतेहरुलाई उपचारका लागि कपुरकोट स्वास्थ्य चौकीमा पठाइएको छ।
सुर्खेत । सल्यानको कपुरकोट गाउँपालिकामा सफारी गाडी दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । रोल्पाबाट दाङको तुलसीपुरतर्फ जाँदै गरेको रा १ ज ८४३ नम्बरको सफारी गाडी कपुरकोट गाउँपालिका-३ स्थित नयाँरोड नजिकैको भित्री सडक खण्डमा दुर्घटनामा परेको हो ।
जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार शुक्रबार दिउँसो करिब १:४० बजे रोल्पा गङ्गादेव गाउँपालिका-६ का २२ वर्षीय राम कुमार वलीले चलाएको उक्त गाडी अनियन्त्रित भई सडकमै पल्टिएको थियो ।
दुर्घटनामा घाइते हुने ६ जना नै रोल्पा गङ्गादेव गाउँपालिका-४ का बासिन्दा रहेका छन् । घाइते हुनेहरूमा ४५ वर्षीय हरि बहादुर थापा, ४२ वर्षीया गीता थापा, १९ वर्षीया टिका थापा, ३० वर्षीया विमला थापा तथा विमलाका दुई छोराहरू ९ वर्षीय पवन थापा र ८ वर्षीय रावल थापा छन् ।
घाइतेमध्ये हरि बहादुरको दाहिने हात र अनुहारमा, गीताको टाउको र बायाँ कानमा, टिकाको घाँटीमा तथा विमला, पवन र रावलको टाउको तथा निधारमा चोट लागेको छ ।
घाइते सबैको अवस्था सामान्य रहेको र उनीहरूलाई उपचारका लागि कपुरकोट आधारभूत स्वास्थ्य चौकीमा पठाइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण