शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
समाचार

बालुवाटारमा सर्वपक्षीय बैठक सुरु, तस्बिरहरू

शुक्रबार, १९ मङ्सिर २०८२, १६ : ५८
शुक्रबार, १९ मङ्सिर २०८२

सारांश

  • प्रधानमन्त्री निवास बालुवाटारमा राजनीतिक दल, निर्वाचन आयोग र सुरक्षा निकायका प्रमुखहरूको महत्त्वपूर्ण बैठक सुरु भयो।
  • बैठकमा निर्वाचनसँग सम्बन्धित समग्र पक्षमा छलफल हुने बताइएको छ, जसमा निर्वाचन आयोगको तयारी र सुरक्षा अवस्थाबारे जानकारी गराइनेछ।
  • प्रमुख राजनीतिक दलहरूले शान्ति सुरक्षाको चिन्ता व्यक्त गर्दै आएका छन्, जसले निर्वाचनको सुनिश्चितता र सुरक्षा तयारीको समीक्षाको रूपमा यो बैठकलाई हेरिएको छ।

काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा आज (शुक्रबार) प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गरेको राजनीतिक दल, निर्वाचन आयोग र सुरक्षा निकायका प्रमुखहरूसँगको महत्त्वपूर्ण बैठक सुरु भएको छ ।

Meeting Between Government, political parties  and security Bodies_ (6)

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार छलफलमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायत प्रमुख राजनीतिक दलहरूका प्रतिनिधि, निर्वाचन आयोगका पदाधिकारीहरू र सुरक्षा निकायका प्रमुखहरूलाई बोलाइएको छ ।

Meeting Between Government, political parties  and security Bodies_ (1)

प्रधानमन्त्रीको कार्यालयले बैठकमा निर्वाचनसँग सम्बन्धित समग्र पक्षमा छलफल हुने जनाएको छ । प्रधानमन्त्री कार्कीका प्रेस संयोजक रामबहादुर रावलका अनुसार छलफलका क्रममा निर्वाचन आयोगका प्रतिनिधिले आयोगको तयारी र सुरक्षा प्रमुखहरूले देशभरको सुरक्षा अवस्थाबारे जानकारी गराउनेछन् ।

Meeting Between Government, political parties  and security Bodies_ (2)

सरकार र निर्वाचन आयोगले तोकिएकै समयमा निर्वाचन गराउने बताइरहेका बेला प्रमुख राजनीतिक दलहरूले भने देशमा शान्ति सुरक्षाको भरपर्दो व्यवस्था हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् । यो बैठकलाई निर्वाचनको सुनिश्चितता र सुरक्षा तयारीको समीक्षाका रूपमा हेरिएको छ ।

Meeting Between Government, political parties  and security Bodies_ (3)Meeting Between Government, political parties  and security Bodies_ (4)Meeting Between Government, political parties  and security Bodies_ (5)Meeting Between Government, political parties  and security Bodies_ (7)Meeting Between Government, political parties  and security Bodies_ (8)Meeting Between Government, political parties  and security Bodies_ (9)Meeting Between Government, political parties  and security Bodies_ (10)Meeting Between Government, political parties  and security Bodies_ (11)Meeting Between Government, political parties  and security Bodies_

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप