यस वर्षकाे पहिचान सम्मानबाट साहित्यकार काइँला पुरस्कृत
शनिबार, २० मङ्सिर २०८२, १२ : ५३
काठमाडौँ । पहिचान पुरस्कार कोषले यस पहिचान सम्मानबाट साहित्यकार, मुन्धुमविद् एवं नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलालाई पुरस्कृत गर्ने भएको छ ।
काइँलाले नेपाली साहित्य, किराँत संस्कृतिलगायत क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै नगद रु पाँच लाख दुई हजार दुईसहित ताम्रपत्रले सम्मान गर्ने निर्णय गरिएको कोषका संस्थापक नरेश काङमाङ राईले जानकारी दिए ।
यसैगरी, पहिचानको आन्दोलन र लेखनमा दिइरहनुभएको योगदानको कदर गर्दै यस वर्ष पहिलो पहिचान युवा सम्मान गणेशकुमार राई ‘गीलु रातोस’ लाई प्रदान गरिने भएको छ । नगद रु ५० हजार २०२ र ताम्रपत्रसहित उनलाई युवा सम्मान दिने कोषले जनाएको छ । पुरस्कार दिने मिति पछि तय गरिने कोषले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जर्मनीको दुई गोल रद्द, पहिलो हाफमा आइभरी कोस्टको १–० को अग्रता
-
जर्मनीविरुद्ध आइभरी कोस्टलाई १–० को सुरुवाती अग्रता
-
टोरन्टो स्टेडियममा जर्मनी र आइभरी कोस्ट भिड्दै, अघिल्लो चरण प्रवेशको होडमा दुवै टोली
-
नेदरल्याण्ड्सको सानदार जित, स्विडेन ५–१ गोलको फराकिलो अन्तरले स्तब्ध
-
अमेरिका–इरान वार्ताको मध्यस्थता गर्न पाकिस्तानी प्रधानमन्त्री र सेना प्रमुख स्वीजरल्याण्ड जाँदै
-
नेदरल्याण्ड्सको फराकिलो अग्रता कायमै, स्विडेनले खेलमा फर्किने प्रयास गर्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण