बचतको सन्देश दिन जन्मिएकै दिन नवजात शिशुको बैंक खाता खुल्यो
शनिबार, २० मङ्सिर २०८२, १७ : १९
सारांश
- बझाङको साइपाल गाउँपालिकामा जन्मिएकै दिन एक नवजात शिशुको बैंक खाता खोलियो।
- शुक्रबार जन्मिएकी बालिका ऊन्नती बोहराको एभरेष्ट बैंकमा खाता खोलिएको हो।
- अभिभावकले छोरीको जन्मदेखि नै बचतको सुरुवात गरी समाजमा सकारात्मक सन्देश दिएका छन्।
धनगढी। बझाङको साइपाल गाउँपालिकामा जन्मिएकै दिन एक नवजात शिशुको बैंक खाता खोलिएको छ।
शुक्रबार दिउँसो जन्मिएकी साइपाल गाउँपालिकाकी बालिका ऊन्नती बोहराको एभरेष्ट बैंक लिमिटेड साइपाल शाखामा उनका अभिभावकले खाता खोलेका हुन्। बालिकाको जन्म हुनासाथ वडा सचिवले तत्कालै जन्मदर्ता प्रमाणपत्र उपलब्ध गराएपछि बैंक खाता खोल्ने प्रक्रिया सहज भएको थियो।
बुवा श्याम बोहरा र आमा सिता बुढाले छोरीको जन्म भएकै दिनदेखि बचतको सुरुवात गरेर समाजमा सकारात्मक सन्देश प्रवाह गर्न यो काम गरेको बताएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण