शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु

शनिबार, २० मङ्सिर २०८२, १७ : २६
शनिबार, २० मङ्सिर २०८२

काबुल । गत अक्टोबरमा भएको घातक झडप पछिको पछिल्लो घटनामा पाकिस्तान–अफगानिस्तानको मुख्य सीमामा भएको गोलीबारीमा चार जना सर्वसाधारणको मृत्यु भएको अफगान अधिकारी अब्दुल करिम जहादले शनिबार बताएका छन्।

दक्षिणी अफगानिस्तानको स्पिन बोल्डक जिल्लाका गभर्नरसमेत रहेका अब्दुल करिम जहादलाई उद्धृत गर्दै एएफपीले जनाएअनुसार गोलाबारीमा अन्य चार जना घाइते भएका छन्। यता, पाकिस्तानी सीमावर्ती सहर चमनको स्थानीय अस्पतालमा झडपका क्रममा घाइते भएका चार जनालाई उपचारपछि डिस्चार्ज गरिएको बताइएको छ।

अक्टोबरको झडपपछि सहमति भएको युद्धविरामका बाबजुद चमन र स्पिन बोल्डक बीचको सीमामा अप्रत्याशित आक्रमण गरेको आरोप दुवै पक्षले एक अर्कालाई लगाएका छन्।

पाकिस्तानका प्रधानमन्त्रीका प्रवक्ता मुशर्रफ जैदीले सामाजिक सञ्जाल एक्समार्फत अफगान तालिबानले सीमामा बिना कारण गोलीबारी गरेको जनाएका छन्।

सीमाका अफगान पक्षका बासिन्दाहरूलाई उल्लेख गर्दै एएफपीले शुक्रबार राति १०:३० बजेदेखि लगभग दुई घण्टासम्म गोलाबारी भएको जनाएको छ। कान्दाहारको सूचना विभागका प्रमुख अली मोहम्मद हक्कमलले पाकिस्तानी सेनाले सामान्य आक्रमण गरेको र नागरिक घरहरूमा मोर्टार फायर गरेको बताएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप