सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे
सुरुङ्गा । सभामुख देवराज घिमिरेले निर्वाचनको विषयलाई लिएर दलहरूबिच अविश्वास बढेको बताएका छन् । वीरता जेसिज विर्तामोडको आयोजनामा आज यहाँ आयोजित ‘सङ्कटपछि देशको अर्थतन्त्रः अवसर र चुनौती’ विषयक कार्यक्रममा उनले सुरक्षालगायत कारणले निर्धारित समयमा निर्वाचन हुनेमा शङ्कासमेत रहेको बताए ।
सभामुख घिमिरेले मुलुकमा राजस्व सङ्कलन कमजोर हुँदा सामान्य खर्च धान्न पनि सरकारले ऋण लिनुपर्ने अवस्था आएको भन्दै यस्तो बेला निजी क्षेत्रलाई विश्वासमा लिनसक्नुपर्ने धारणा राखे ।
“मुलुकमा अराजक गतिविधि बढ्दै जाँदा निजी क्षेत्र लगानी गर्न हिचकिचाइरहेको समय छ । सुरक्षाका कारण मनोबल कमजोर भएको छ, त्यसैले निजी क्षेत्रलाई लगानी गर्ने वातावरण बनाउन लाग्नुपर्छ”, उनले भने ।
वीरता जेसिजका अध्यक्ष युवराज कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा लिड नेपालका प्रधान सम्पादक राजेन्द्र बाँनियाले सहजीकरण गरेका थिए । कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर बमबहादुर मिश्र, नविल बैंकका कार्यकारी प्रमुख मनोज ज्ञवाली, उद्योग वाणिज्य महासङ्घका केन्द्रीय उपाध्यक्ष हेमराज ढकाल, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष महेन्द्रकुमार गिरी, वीरता जेसिजका सङ्घ संस्था समन्वय संयोजक भूपेन्द्र भण्डारी, कोषाध्यक्ष लोकचन्द्र श्रेष्ठ, नेपाल पत्रकार महासङ्घ झापाका अध्यक्ष एकराज गिरीलगायतले मुलुुकको पछिल्लो आर्थिक अवस्थाका विषयमा आ–आफ्नो धारणा राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण