सुखद अन्त्य हुँदा खुसी छौँ: कप्तान भुर्तेल
सारांश
- पोखरा एभेन्जर्सले चितवन राइनोजलाई पराजित गर्दै एनपिएलमा सुखद अन्त्य गर्यो।
- पोखराका कप्तान कुशल भुर्तेलले प्लेअफमा पुग्न नसके पनि खुसी व्यक्त गरे।
- चितवनका कप्तान कुशल मल्लले टिमको प्रदर्शनमा असन्तुष्टि जनाए।
काठमाडौँ। राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले सुखद अन्त्य गरेको छ । आजको खेलमा पोखराले चितवन राइनोजलाई ८ विकेटले हराएको थियो ।
पोखरा ६ अङ्क जोड्दै पाँचौँ स्थानमा तथा चितवन चार अङ्कका साथ प्रतियोगिताको छैटौँ स्थानमा रह्यो । दुवै टोली प्लेअफ पुग्न सकेनन् । आजको खेलमा जित हासिल गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै पोखराका कप्तान कुशल भुर्तेलले प्रतियोगितामा सुखद अन्त्य गर्दा खुसी लागेको बताए ।
उनले भने, “प्लेअफ पुग्न नसके पनि सुखद अन्त्य गरेका छौँ, खुसी छौँ । हामीले गत वर्षभन्दा सुधारिएको प्रदर्शन गरेका छौँ ।” समग्रमा प्रतियोगिता सफल भएको उनले बताए । विदेशी खेलाडीसँग अनुभव साटासाट गर्न पाउनुका साथै मैदानमा पहिलो पटक फ्लडलाइटमा खेल्न पाएको उनको भनाइ थियो ।
चितवनका कप्तान कुशल मल्लले टोलीको सबै पक्ष नमिल्दा प्रतियोगिताबाट बाहिरिनुपरेको बताए । उनले भने, “यस संस्करणमा हाम्रो टोलीको समीकरण मिलेन, ब्याटिङ चल्दा बलिङ नचल्ने, बलिङ चल्दा ब्याटिङ नचल्ने भएर हार बेहोर्नु पर्यो ।”
विदेशी खेलाडीको भन्दा नेपालकै खेलाडीले राम्रो खेल प्रदर्शन गर्नुपर्ने भए पनि त्यसो हुन नसकेको उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण