पोखरामा हेमजा साहित्य महोत्सव सम्पन्न
कास्की । हेमजा साहित्य प्रतिष्ठाद्वारा पोखरा महानगरपालिका–२५ हेमजामा आयोजित दुई दिने हेमजा महोत्सव शनिबार सम्पन्न भएको छ ।
महोत्सवमा देशका विभिन्न स्थानबाट लेखक तथा साहित्यकारको सहभागितामा कवि मुकुन्दशरण उपाध्यायको रथारोहणसहित विविध साहित्यिक कार्यक्रम आयोजना गरिएका थिए । उनलाई हेमजाको लामाचौतारादेखि साझा चोक, नहरचोक, मिलनचोक हुँदै साहित्य महोत्सवस्थल ज्ञानसागर एकेडेमीसम्म रथमा घुमाएर अभिनन्दन गरिएको थियो ।
महोत्सवको पहिलो दिन नेपाली नाटक तथा रङ्गमञ्च, आख्यान, महाकाव्य लेखन, गीत, गजल, लघुकथा, कविताका विविध पक्षमा चर्चा गरिएको थियो भने दोस्रो दिन कवि उपाध्यायको रथारोहण कार्यक्रम गरिएको थियो ।
महोत्सवका आकर्षण नवराज लम्साल, माधव वियोगी रामचन्द्र पोखरेल, भूमिराज बस्ताकोटी, जगन्नाथ रेग्मी, रमेश शुभेच्छुकृष्ण उदासी, पुरु लम्सालप्राञ्जल, ज्ञानु अधिकारी, डा रजनी ढकाल र तीर्थ गुरुङलगायत रहेका थिए ।
त्यस अवसरमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नेपाली भाषा तथा साहित्यका क्षेत्रमा कवि उपाध्यायले पुर्याएको योगदानको कदरस्वरुप रथारोहण कार्यक्रम आयोजना गरिएको बताए ।
साहित्यकार उपाध्यायका मदन पुरस्कार प्राप्त वर्णनात्मक कविता सङ्ग्रह ‘प्राकृत पोखरा’लगायत दर्जनौँ कृति प्रकाशित छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जर्मनीको दुई गोल रद्द, पहिलो हाफमा आइभरी कोस्टको १–० को अग्रता
-
जर्मनीविरुद्ध आइभरी कोस्टलाई १–० को सुरुवाती अग्रता
-
टोरन्टो स्टेडियममा जर्मनी र आइभरी कोस्ट भिड्दै, अघिल्लो चरण प्रवेशको होडमा दुवै टोली
-
नेदरल्याण्ड्सको सानदार जित, स्विडेन ५–१ गोलको फराकिलो अन्तरले स्तब्ध
-
अमेरिका–इरान वार्ताको मध्यस्थता गर्न पाकिस्तानी प्रधानमन्त्री र सेना प्रमुख स्वीजरल्याण्ड जाँदै
-
नेदरल्याण्ड्सको फराकिलो अग्रता कायमै, स्विडेनले खेलमा फर्किने प्रयास गर्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण