शव खोज्न परिवारसँगै हिँड्ने ५९ वर्षीय छिमेकी नै निस्किए हत्यारा, गाई दुहुँदा रगत देखेपछि...
सारांश
- मोरङमा १३ वर्षीया बालिका अंशुको हत्या भएको १७ दिनपछि उनको शव फेला परेको थियो।
- प्रहरीले घटनाको साढे दुई महिनापछि अंशुको हत्या आरोपमा ५९ वर्षीय छिमेकी पदमबहादुरलाई पक्राउ गरेको छ।
- पदमबहादुरले अंशुलाई जंगलमा लगेर बलात्कारको प्रयास गर्दा हत्या गरेको स्वीकार गरेका छन्।
विराटनगर । असोज २१ गते मोरङको लेटाङ नगरपालिका–२, फडानीकी १३ वर्षीय अंशु गौतम घर नजिकै खेलिरहेकी थिइन् । उनीसँगै अर्को एक बालिका पनि थिइन्, तर साँझ पर्दा अंशु घर फर्किनन् ।
१७ दिनपछि घरभन्दा करिब ४ किलोमिटर टाढा चारकोशे झाडीमा उनको शव टाउको र शरीर छुट्टिएको अवस्थामा कंकालका रूपमा फेला प-यो ।
यो हत्याकाण्डले सिङ्गो समाजलाई त्रसित बनाएको थियो । अन्ततः घटनाको साढे दुई महिनापछि प्रहरीले हत्याका आरोपितलाई सार्वजनिक गरेको छ । आरोपित अरू कोही नभएर अंशुले हजुरबा मान्ने उमेरका ५९ वर्षीय छिमेकी पदमबहादुर अधिकारी निस्किएका छन् ।
प्रहरी अनुसन्धानका अनुसार घटनाको दिन अंशु आफ्नी साथीसँग खेल्दै थिइन् । सोही समयमा छिमेकी पदमबहादुर त्यहाँ आइपुगे । उनको मनमा पाप पलाइसकेको थियो । उनले अंशुसँगै रहेकी अर्की बालिकालाई ५ रुपैयाँ दिएर ‘जाउ, चकलेट खानु’ भन्दै त्यहाँबाट खेदाए ।
साथी गएपछि एक्लिएकी अंशुलाई उनले जङ्गलमा घाँस काट्न सघाए मोबाइल चलाउन दिने भन्दै प्रलोभन देखाएर फकाए । अबोध बालिका छिमेकी बाजेको विश्वासमा परिन् । पदमबहादुरले उनलाई साइकलको पछाडि राखेर गाउँबाट करिब साढे ४ किलोमिटर टाढा सुनसान जङ्गलमा पु-याए ।
मोरङका प्रहरी उपरीक्षक (एसपी) कवित कटुवालका अनुसार जङ्गलको बिचमा पुगेपछि पदमबहादुरले आफ्नो असली रूप देखाए । उनले बालिकामाथि जबरजस्ती करणीको प्रयास गरे । बालिकाले प्रतिवाद गरिन्, चिच्याउन खोजिन् । पोल खुल्ने डरले पदमबहादुरले क्रूरताको हद पार गरे ।
_aP2OmAjNdf.jpg)
सुरुमा उनले बालिकाको घाँटी थिचे । बालिका अचेत भइन्, तर सास चलिरहेकै थियो । मरेको सुनिश्चित गर्न उनले आफूसँगै घाँस काट्न लगेको हँसिया (खुर्पा) ले बालिकाको घाँटी रेटिदिए । टाउको र जिउ अलग हुने गरी रेटेर शवलाई त्यही झाडीमा छोडी रगत लतपतिएको हँसिया र घाँस बोकेर उनी सामान्य मानिस झैँ घर फर्किए ।
घटनापछि पदमबहादुरको अभिनय कुनै चलचित्रको खलनायकभन्दा कम थिएन । गाउँमा हल्लाखल्ला भयो । अंशुका बुबाआमा रोइकराइ गर्न थाले । पदमबहादुर पनि उनीहरूसँगै उभिएर ‘मेरी छोरीजस्तै थिइ, म पनि खोज्छु’ भन्दै गाउँले र प्रहरीसँगै जङ्गल चहार्न थाले ।
कात्तिक ७ गते जब जङ्गलमा अंशुको सडेको शव र छरिएका कपडाहरू फेला प-यो, त्यतिबेला पनि उनी घटनास्थलमै रमिते बनेर उभिएका थिए । प्रहरीलाई सुरुमा उनीमाथि शंका गर्ने कुनै आधार थिएन ।
जिल्ला प्रहरी कार्यालय मोरङले यो घटनालाई गम्भीरतापूर्वक लिँदै ‘अपरेसन जग’ नाम दिएर सीआईबी र प्रदेश प्रहरीसहितको टोली परिचालन ग-यो । प्रहरीले ३०० भन्दा बढी मानिससँग सोधपुछ ग-यो, १६ जनाको पोलिग्राफ टेस्ट ग-यो ।
अनुसन्धानले त्यतिबेला नयाँ मोड लियो, जब जबरजस्ती करणी मुद्दामा जेल परेका पदमबहादुरका छोरा कात्तिक १८ गते छुटे । छोरा आएको भोलिपल्टै कात्तिक १९ गते पदमबहादुर एक्कासी गाउँ छोडेर भारतको मेघालयतिर भागे । यही विन्दु नै प्रहरीका लागि मुख्य ‘क्लु’ बन्यो ।
प्रहरीले निकै चलाखीपूर्ण ढंगले आफन्त र छिमेकीमार्फत उनलाई नेपाल झिकाउने वातावरण बनायो । भारतमा लुकेर गाई फार्ममा काम गरिरहेका पदमबहादुरलाई पनि शान्ति मिलेको थिएन । प्रहरीलाई दिएको बयानमा उनले स्वीकार गरेका छन्, ‘गाई दुहुँदा बाल्टिनमा दुधको साटो रगत देखेजस्तो लाग्थ्यो, अंशुको अनुहार झल्किन्थ्यो ।’
यही मानसिक तनाव र प्रहरीको रणनीतिका कारण उनी नेपाल फर्किए र पक्राउ परे ।
_QJann5X22f.jpg)
कक्षा ५ मा पढ्ने कलिली अंशुको हत्यारा पत्ता नलागेसम्म शव नबुझ्ने अडान परिवारले लिएको थियो । जसका कारण ४५ दिनदेखि उनको शव धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मर्चरीमा राखिएको छ ।
अहिले प्रहरीले ५९ वर्षीय वृद्ध पदमबहादुर विरुद्ध ‘जबरजस्ती करणी’ र ‘कर्तव्य ज्यान’ मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाएको छ । मुलुकी अपराध संहिता अनुसार उनलाई आजीवन कारावासको सजाय हुन सक्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
करातेमा कोशी प्रदेशको दबदबा, ३ स्वर्णसहित बन्यो च्याम्पियन
-
रिलिज अगाडि नै उठ्यो ‘ककटेल २’ को आधा लगानी
-
एकता भएको ७ महिनामा पनि नेकपाको केन्द्रीय कार्य समितिले पाएन पूर्णता
-
नयाँ बजेटले गाडीको मूल्य बढाउने नाडाको निष्कर्ष
-
भेपमा लुकाएर सुन तस्करी प्रकरण : नायब सुब्बा खड्कालाई थुनामा पठाउने आदेश
-
अखिलमा पुनर्गठनको बहस चलाउनुपर्ने आचार्यको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण