संसद् सचिवालयको पदाधिकारी नियुक्तिमा खुला बहस आवश्यक छ : सभामुख घिमिरे
काठमाडाैँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संघीय संसद सचिवालयमा राजनीतिक नियुक्ति गर्न नहुने तर्कमाथि खुला बहस गर्न आवश्यक रहेको बताएका छन् ।
संसद् बाहिरबाट संघीय संसद्मा महासचिव, प्रतिनिधि सभाका सचिव र राष्ट्रिय सभाका सचिव नियुक्ति गर्ने व्यवस्थाले संसदनै नबुझ्ने भन्दै सशक्त तर्क आउने गरेकाले यसलाई खुला बहसको विषय बनाएर तत्काल निष्कर्षमा पुग्नुपर्ने सभामुख घिमिरेको जिकिर थियो ।
आइतबार संसद सेवा दिवसको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संसदलाई प्रभावकारी बनाउनका लागि आवश्यक सबै खालको छलफललाई खुला गरेर अघि बढ्न आवश्यक रहेको समेत बताए।
सभामुख घिमिरेले संसद सचिवालयका कर्मचारीहरुको सेवा र सुविधाको विषयमा पनि आवश्यक निर्णय लिन आवश्यक रहेको बताए । उनले अहिले पनि नेपालको संविधान कायम रहेको र यसलाई संशोधन गरेर अघि बढ्न सकिने धारणा समेत राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण