एमाले महाधिवेशनमा पीन अध्यक्ष थापाको उम्मेदवारी
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा प्रगतिशील इन्जिनियर एसोसिएसन नेपाल (पीन) का अध्यक्ष इन्जिनियर डा. भेषराज थापाले केन्द्रीय नेतृत्वका लागि औपचारिक रूपमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।
स्वच्छ, पेसागत र विकासमुखी राजनीतिलाई संस्थागत गर्न युवा पुस्ताको निर्णायक भूमिका अपरिहार्य रहेको उनको भनाइ छ ।
जलस्रोत तथा पूर्वाधार इन्जिनियरिङ क्षेत्रका ख्यातिप्राप्त विज्ञ डा. थापाले दुई दशकभन्दा बढी समय नेपालको विकास, पूर्वाधार निर्माण र नीति निर्माणमा महत्वपूर्ण योगदान पुर्याएका छन् । सिँचाइ, जलस्रोत, जलविद्युत्, विपद् जोखिम व्यवस्थापनलगायत क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका उनी २०५० सालदेखि नै वाम राजनीतिमा सक्रिय छन् ।
यसअघि उनले टेक्निकल स्टुडेन्ट्स एसोसिएसन नेपाल (सान) र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मा पनि नेतृत्व गरिसकेका छन् ।
आफ्नो उम्मेदवारी घोषणा गर्दै डा. थापाले देशलाई इमानदार, दूरदर्शी र उत्तरदायी नेतृत्वको खाँचो रहेको बताएका छन् । उनले राजनीतिमा इमानदारी, पारदर्शिता र विकास–प्रेरित सोच आवश्यक रहेको बताउँदै इन्जिनियर, चिकित्सक, अर्थशास्त्रीलगायत प्राविधिक क्षेत्रका युवाहरूले सुशासन, दिगो विकास र समृद्ध राष्ट्र निर्माणमा नेतृत्व लिनुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण