शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने
काठमाडाैँ। टेनिसकी युवा खेलाडी शिभाली गुरुङले ग्राण्डस्लाम प्रतियोगिता अष्ट्रेलियन ओपन खेल्ने पक्का भएको छ ।
नेपालबाट ग्रान्डस्लाम खेल्ने पहिलो खेलाडीको इतिहास रच्दै शिभालीले अर्को महिना सुरु हुने अष्ट्रेलियन ओपन टेनिस खेल्ने पक्का भएको हो ।
शिभालीले अष्ट्रेलियन ओपनको १४ वर्ष मुनिको जुनियर इलिट ट्रफी विधामा प्रतिस्पर्धा गर्नेछिन् । अष्ट्रेलियाको मेलवर्नमा हुने प्रतियोगिता सन् २०२६ को जनवरी १४ देखि ३० तारिकसम्म सञ्चालन हुनेछ ।
शिभाली ग्रान्डस्लामसम्म पुग्ने नेपालको पहिलो खेलाडी हुन् । उनले उमेर समूहको प्रतियोगितामा उच्च प्रदर्शन गर्दै ग्रान्डस्लामसम्मको यात्रा तय गरेकी हुन् । शिभाली हाल १४ वर्ष मुनिको एसिया वरियताको तेस्रो नम्बरमा छिन् । नेपालबाट एसियाको तेस्रो वरियतामा पुग्ने उनी पहिलो खेलाडी हुन् ।
शिभालीले ग्राण्डस्लाम प्लेयर डेभलोपमेन्ट प्रोग्राम आईटिएफ एटिएफ अन्तर्गत टेनिस टू युरोप कार्यक्रम अन्तर्गत फ्रान्स, जर्मनी, बेल्जियम लगायत देशको भ्रमण गरेकी थिइन् ।
शिभालीले शुक्रबार मात्र पोखरामा सम्पन्न आइटिएफ जे ३० फस्ट विक प्रतियोगितामा सिंगल्स र डबल्स विधामा दुई स्वर्ण पदक जितेकी छिन् ।
भर्खरै १४ वर्षमा प्रवेश गरेकी शिभाली आईटिएफ जे ३० प्रतियोगिता जित्ने पहिलो नेपाली खेलाडी समेत बनेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण