शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

एसियन युथ पारा गेम्समा रेनु तामाङले नेपालको चुनौती प्रस्तुत गर्ने

सोमबार, २२ मङ्सिर २०८२, १२ : ५७
सोमबार, २२ मङ्सिर २०८२

सारांश

  • नेपाली पारा तेक्वान्दो खेलाडी रेनु तामाङ यूएईको दुबईमा आयोजना हुने एसियन युथ पारा गेम्समा प्रतिस्पर्धा गर्दैछिन्।
  • रेनुले के-४४ विधाको ४७ केजीमुनिको तौल समूहमा नेपालको प्रतिनिधित्व गर्नेछिन्, र उनको प्रतिस्पर्धा मङ्सिर २६ गते हुनेछ।
  • प्रशिक्षक कविराज नेगीको नेतृत्वमा नेपाली टोली सोमबार राति दुबई प्रस्थान गर्नेछ, जहाँ उनले यसअघि पनि सफलता दिलाएका छन्।

काठमाडौँ । नेपालकी पारा तेक्वान्दो खेलाडी रेनु तामाङ संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा मङ्सिर २१ देखि २८ गतेसम्म सञ्चालन हुने एसियन युथ पारा गेम्समा प्रतिस्पर्धा गर्ने भएकी छन्।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट सञ्चालित महत्त्वाकाङ्क्षी मिसन–२०२६ को विशेष प्रशिक्षणमा रहेकी रेनुले के–४४ विधाको ४७ केजीमुनिको तौल समूह मा नेपालको चुनौती प्रस्तुत गर्ने छिन्। उनी मङ्सिर २६ गते शुक्रबार प्रतिस्पर्धा गर्ने छिन्।

टोली प्रशिक्षकमा अन्तर्राष्ट्रिय लेभल टु प्रशिक्षक कविराज नेगी लामा सहभागी हुने छन्। नेपाली टोली सोमबार राति दुबई प्रस्थान गर्ने छ।

नेपाली टोलीलाई नेपाल तेक्वान्दो संघका उपाध्यक्ष एवं राखेपका कार्यकारी समितिका सदस्य भानबहादुर चन्द लगायत संघका पदाधिकारीले बिदाई गरेका थिए। उक्त कार्यक्रममा संघका महासचिव हेमन्त डाँगी, केन्द्रीय सदस्य प्रेम भण्डारी, सुरेश मानन्धर, वरिष्ठ तेक्वान्दो प्रशिक्षक सुमन घलेलगायतको उपस्थिति थियो।

रेनुले यसअघि मलेसियामा सम्पन्न भएको १०औँ एशियाली पारा तेक्वान्दो प्रतियोगितामा सहभागिता जनाएकी थिइन्। उनले केही समयअघि सम्पन्न १३औँ कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी थिइन्।

पारालिम्पिकको इतिहासमा नेपाललाई ऐतिहासिक पदक दिलाउन सफल प्रशिक्षक नेगीको प्रशिक्षणमा नेपालले ३ स्वर्ण, २ रजत र ७ कांस्यसहित १२ अन्तर्राष्ट्रिय पदक जितेको छ। 

उनकै प्रशिक्षणमा सन् २०२१ मा बहराइनमा भएको एसियन युथ पारा गेम्समा पारालिम्पियन खेलाडी पलेशा गोर्वधनले स्वर्ण पदक, सिर्जना घिसिङले रजत र विशाल गर्बुजाले कांस्य पदक जितेका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप