बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सन ह्युङ मिनलाई ब्ल्याकमेल गर्ने युवतीलाई चार वर्षको जेल सजाय

सोमबार, २२ मङ्सिर २०८२, १४ : २४
सोमबार, २२ मङ्सिर २०८२

सारांश

  • दक्षिण कोरियाको एक अदालतले फुटबल स्टार सन ह्युङ-मिनलाई ब्ल्याकमेल गरेको आरोपमा एक युवतीलाई चार वर्षको जेल सजाय सुनाएको छ।
  • २० वर्षकी युवती र उनका ४० वर्षका पुरुष सहयोगीले सन ह्युङ-मिनसँग फिरौती मागेका थिए र पैसा नदिए आरोप सार्वजनिक गर्ने धम्की दिएका थिए।
  • न्यायाधीशले युवती र उनका सहयोगीले सनको ख्यातिको दुरुपयोग गरेको र उनले मानसिक पीडा भोगेको बताए।

सियोल । दक्षिण कोरियाको एक अदालतले फुटबल स्टार सन ह्युङ-मिन लाई ब्ल्याकमेल गरेको आरोपमा एक युवतीलाई चार वर्षको जेल सजाय सुनाएको छ।

२० वर्षको हाराहारीकी ती युवती र उनका ४० वर्षको हाराहारीका एक पुरुष सहयोगीलाई, आफू सन ह्युङ-मिनको बच्चाको आमा बन्न लागेको भन्दै टोटेनह्यामका पूर्वकप्तानलाई ब्ल्याकमेल गरेकोमा दोषी ठहर गरिएको हो।

स्थानीय सञ्चारमाध्यमहरूका अनुसार, सियोल जिल्ला अदालतमा भएको सुनुवाइमा, ती युवतीले गत वर्ष सन ह्युङ-मिनसँग भेटेर आफू उनको बच्चाको आमा भएको दाबी गरेकी थिइन्, जबकी उनलाई यसबारे कुनै जानकारी थिएन।

उनले सनबाट ३०० मिलियन वन (करिब २ लाख अमेरिकी डलर) रकम फिरौतीस्वरूप लिएकी थिइन् । पैसा नदिए उक्त आरोप सार्वजनिक गर्ने उनले धम्की दिएकी थिइन्। एएफपी समाचार एजेन्सीका अनुसार ती युवतीले सो रकम विलासी तथा डिजाइनर सामानहरूमा खर्च गरेकी थिइन्।

अभियोजकहरूले अदालतमा भने, ‘ती युवतीले आफूले क्षतिपूर्तिको रूपमा पैसा पाएको कुरामा जोड दिन्छिन् र आफूलाई पीडितको रूपमा चित्रण गर्छिन्। तर, उनको दाबी तथ्यहरूसँग पूर्णरूपमा मेल खाँदैन । अभियोजकहरूले उनलाई अपराधको ‘पूर्ण योजना’ बनाएको आरोप लगाएका थिए।

ती युवतीका सहयोगी, जसले पैसाका लागि सन ह्युङ-मिनलाई १५ पटकसम्म धम्की दिएका थिए, लाई ब्ल्याकमेलको प्रयास गरेकोमा दुई वर्षको जेल सजाय सुनाइएको छ।

उनीहरूले यस वर्ष थप पैसाको माग गरेपछि सन ह्युङ-मिन प्रहरीसमक्ष पुगेका थिए।

न्यायाधीशले ती युवती र उनका सहयोगीले आफ्नो अपराधका लागि सनको ख्यातिको दुरुपयोग गरेको र सञ्चारमाध्यममा घटना सार्वजनिक भएपछि उनले गहन मानसिक पीडा भोगेको बताए।

सन गत अक्टोबरमा मेजर लिग सकरमा दोस्रो सबैभन्दा धेरै कमाउने फुटबल खेलाडी भएका थिए। ३३ वर्षीय सन १० वर्षको सेवापछि गत अगस्टमा टोटेनह्याम छोडेर लस एन्जलस फुटबल क्लबमा आबद्ध भएका थिए। यो एमएलबीको इतिहासमा सबैभन्दा महँगो स्थानान्तरण थियो।

एसियाका उत्कृष्ट फुटबल स्टारहरूमध्ये एक मानिने सन ह्युङ-मिनले आफ्नो देश र क्षेत्रमा व्यापक लोकप्रियता कमाएका छन्। सन् २०२२ मा, टोटेनह्यामसँग रहँदा, उनी प्रिमियर लिगमा सर्वाधिक गोलकर्तालाई वार्षिक रूपमा प्रदान गरिने गोल्डेन बुट पुरस्कार जित्ने पहिलो एसियाली खेलाडी बनेका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप