शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

थाहाले पनि थाल्ने भयो सडक विस्तार, संरचना हटाउन सातदिने अल्टिमेटम

सोमबार, २२ मङ्सिर २०८२, १५ : २३
सोमबार, २२ मङ्सिर २०८२

मकवानपुर । मकवानपुरमा सडक विस्तारका गतिविधिहरू अगाडि बढेका छन् ।

हेटौँडा उपमहानगरपालिकाले गत मंसिर २० गतेदेखि सडक विस्तारको काम थालेको थियो। तर, अदालतको स्टे अर्डरका कारण हाललाई यो काम रोकिएको छ । हेटौँडाको काम रोकिए पनि मकवानपुरकै अर्को एक नगरपालिकाले पनि सडक विस्तारको योजना अघि बढाउने जनाएको छ ।

थाहा नगरपालिकाले पनि सडक विस्तारका लागि सडक सीमाभित्रका संरचना हटाउन ७ दिने अल्टिमेटम दिएको छ । नगरपालिका वडा नम्बर १ कार्यालयले सडक विस्तारमा अवरोध पुर्‍याउने संरचनाहरू हटाउन स्थानीयवासीलाई सातदिने अल्टिमेटम दिएको हो ।

वडा कार्यालयले एक सूचना जारी गर्दै निर्माणाधीन कुन्छाल–कुलेखानी सडक खण्ड अन्तर्गत बज्रबाराही चौरदेखि पखमट धारासम्मको क्षेत्रमा सडक मिचेर बनाइएका संरचना हटाउन निर्देशन दिएको हो । उक्त सडक क्षेत्रमा बनाइएका घरटहरा हटाइ सडक विस्तारमा सहयोगका लागि आग्रह गरेको छ ।

नहटाए कानुनी प्रक्रियाअनुसार अघि बढ्ने जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप