राजनीति
‘काउन्टर प्रस्ताव’ बोकेर ईश्वर पोखरेल पुगे पार्टी कार्यालय
सोमबार, २२ मङ्सिर २०८२, १५ : २५
काठमाडौँ । पार्टीको ११औँ महाधिवेशनमा पेश गर्ने फरक दस्ताबेज बोकेर नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पार्टी कार्यालय पुगेका छन् ।
उनले पार्टी कार्यालयमै अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न चाहेको बताइएको छ । तर, एमाले अध्यक्ष केपी शर्मा ओलीको सचिवालय अनुसार ओलीको आज पार्टी कार्यालय जाने कुनै तालिका छैन ।
अध्यक्ष ओलीले महाधिवेशनमा आफ्नोबाहेक कुनै प्रस्तावमा छलफल नहुने बताइरहेका बेला पोखरेलले फरक मतसहित तयार पारेको दस्ताबेज छलफलका लागि लैजान लागेका हुन् । मंसिर २७ गतेदेखि एमालेको महाधिवेशन राजधानीमा सुरु हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण