राष्ट्रपति पौडेलको निर्णयमाथि प्रश्न उठाउँदै कांग्रेस सांसदहरूको सर्वोच्चमा रिट (पूर्णपाठ)
सारांश
- नेपाली कांग्रेसका ८ सांसदले राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।
- रिटमा प्रधानमन्त्री सुशीला कार्कीको एकल सिफारिसमा भएको प्रतिनिधिसभा विघटनको निर्णय बदर गर्न माग गरिएको छ।
- रिटमा राष्ट्रपति पौडेल र राष्ट्रपति कार्यालयलाई विपक्षी बनाइएको छ, र सुशीला कार्कीको प्रधानमन्त्री नियुक्ति बदर गर्न माग गरिएको छ।
काठमाडौँ । नेपाली कांग्रेसका ८ सांसदले राष्ट्रपति रामचन्द्र पौडेलले गरेको निर्णयमाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । विघटित प्रतिनिधिसभामा कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, सचेतक सुशीला थिङ तथा सांसदहरू आशा विक, दीपक खड्का, सिताकुमारी राना, नागिना यादव, शान्ति विक र जावेदा खातुन जागाले आइतबार वारेसमार्फत दायर रिटमा उत्प्रेषणको आदेशले बदर गर्न माग गरिएको छ ।
‘प्रधानमन्त्री सुशीला कार्कीको एकल सिफारिसमा सम्माननीय राष्ट्रपतिबाट मिति २०८२ भदौ २७ गते गरिएको प्रतिनिधिसभा विघटनको निर्णय उत्प्रेषणको आदेशले बदर गरी २०८२ भाद्र २४ गते गतेकै स्थिति कायम हुने गरी परमादेशको जारी गरी पाउँ,’ रिटमा लेखिएको छ ।
रिटमा राष्ट्रपति पौडेल र राष्ट्रपति कार्यालयलाई विपक्षी बनाइएको छ । साथै प्रतिनिधिसभा सदस्य नभएकी सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरिएको भन्दै त्यो रिट पनि बदर गर्न माग गरिएको छ ।
‘गैर संवैधानिक तवरले प्रतिनिधिसभाको सदस्य नभएको, कुनै राजनैतिक दलको संसदीय दलले समर्थन नगरेको, धारा ७६ तथा धारा १३२ ( २ ) विपरीत नियुक्त भएका प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति प्रथम दृष्टिमै असंवैधानिक भएको हुँदा निजको प्रधानमन्त्री पदमा भएको नियुक्ति विरुद्ध अधिकार पृच्छाको आदेश जारी गरी पाउँ,’ रिटमा लेखिएको छ ।
यस्तो छ रिटको पूर्णपाठ :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण