सिक्रेदोभानको पुल वैशाखभित्रै बन्छ : मुख्यमन्त्री बानियाँ
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँले पूर्वाधार विकास नहुँदासम्म नागरिकको आर्थिक जीवनस्तर माथि उठ्न नसक्ने बताएका छन् ।
काभ्रेको खानीखोला गाउँपालिकामा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले सडक, पुल, बिजुलीजस्ता पूर्वाधार विकासलाई प्राथमिकता दिनुपर्ने बताए ।
'सडक, पुल, बिजुली जस्ता पूर्वाधारको विकास नगर्दासम्म नागरिकले परिवर्तनको अनुभूति गराउन सकिँदैन ।’ उनले भने, ’त्यसैले मेरो नेतृत्वको सरकारको ध्यान पूर्वाधार विकासमा रहेको छ।’
मुख्यमन्त्री बानियाँले यस क्षेत्रका नागरिकको जीवन सहज बनाउन सिक्रेदोभानको पुल र गत असोजमा बागमती नदीले कटान गरेको ७०० मिटर बाटो निर्माण गरिने बताए । त्यसअघि मुख्यमन्त्रीले सिक्रेदोभान पुलको अवलोकन गरी आगामी वैशाखभित्र निर्माण सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशनसमेत दिएका थिए ।
प्रदेशलाई विकासको पर्याय बनाउनुपर्ने उनको भनाई छ । नदीले कटान गरेको बाटो निर्माणका लागि तत्कालै बजेट उपलब्ध गराउने प्रतिबद्धता जनाए ।
'एकताबद्ध कांग्रेसले मुलुकका समस्या समाधान गर्छ’
त्यसअघि नेपाली कांग्रेस मकवानपुरको बागमती गाउँपालिका–९ बेतिनी वडा इकाइ समितिद्वारा बेतिनीमा आयोजित अगुवा कार्यकर्ता भला तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले एकताबद्ध कांग्रेस पार्टीले नै मुलुकका समस्या समाधान गर्ने बताए । उनले मुलुक निर्वाचनमा गएकाले पार्टीभित्र थप एकता आवश्यक रहेको बताए ।
'देश चुनावमा गएको छ । पार्टीभित्र पनि चुनाव हुँदैछ । अब आन्तरिक विवादमा रूमल्लिनु हुँदैन । पार्टीले योग्य व्यक्तिलाई उम्मेदवार चयन गर्नेछ, टिकट नपाउनेले अन्तरघातमा लाग्नु हुँदैन। अन्तरघात गर्दा पार्टी कमजोर हुँदैछ, अब त्यस्तो हुनुहुँदैन।’ उनले भने ।
नेपाली कांग्रेसले लोकतन्त्रका निम्ति भएका सबै सङ्घर्षको नेतृत्व गरेको भन्दै बानियाँले अब आर्थिक समृद्धिको नेतृत्व पनि काँग्रेसले नै गर्ने बताए ।
२००७ मा प्रजातन्त्र प्राप्तिको सङ्घर्ष, ३० वर्षे निरङ्कुश पञ्चायत, माओवादीको हिंसात्मक युद्धको अन्त्य माओवादीकै नेतृत्वमा भएको उनको दाबी छ । मुलुकको हितका निम्ति कांग्रेसले अग्रसर रहेको उनको भनाई छ ।
उनले जनताको सेवाको निम्ति कांग्रेस पार्टी गठन भएको भन्दै कांग्रेसको विजयका निम्ति जनताको नजिक रहेर काम गर्न कांग्रेस नेता–कार्यकर्तालाई आग्रह गरे । मुख्यमन्त्री बानियाँले मकवानपुर र ललितपुर जोड्ने मोटरेवल पुल निर्माणका लागि बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए ।
कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले कांग्रेस सबैलाई समेट्न सक्ने पार्टी भएको बताए । विकासको नेतृत्व कांग्रेसले गर्ने भन्दै लामाले जनतालाई भेदभाव नगरी पालिका नेतृत्वले विकास गर्नुपर्ने बताए ।
बाटो, पुल लगायतका विकासका सपना कांग्रेसले नै गर्ने उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण