माफी माग्दै दुर्गा प्रसाईँले दिए प्रधानमन्त्रीलाई मूर्ति उपहार
सोमबार, २२ मङ्सिर २०८२, १९ : ४१
काठमाडौँ । नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईँले प्रधानमन्त्री सुशीला कार्कीसँग माफी मागेका छन् ।
सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता गर्दै प्रसाईँले माफी मागेका हुन् । उनले भने ‘मैले बाहिर भनेका कुरामा सरी भन्छु। माफी माग्छु। तपाईँ माता हो, दुर्गा हो। दुर्गाको रूप धारण गरेर काम गर्नुहोस्। तपाईँको साथमा हामी छौँ। यो सरकारको पक्षमा हामी हुन्छौँ। सगरमाथाजस्तै अटल भएर यो सरकारको पक्षमा उभिन्छौँ।’
त्यस अवसरमा प्रसाईँले प्रधानमन्त्री कार्कीलाई उपहारस्वरूप भगवती दुर्गाको मूर्ति प्रदान गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण