जनमत संग्रहबारे प्रधानमन्त्रीले पुस २ गते डिसिजन दिने
काठमाडौँ । नागरिक बचाउ दलका संरक्षक तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसार्ईंँ र प्रधानमन्त्री सुशीला कार्कीबिच भेटवार्ता भएको छ । सोमबार साँझ प्रधानमन्त्री कार्यालयमा उनीहरूबिच भेटवार्ता भएको हो ।
भेटवार्तामा प्रसाईँले प्रधानमन्त्रीसँग जनमत संग्रहको विषयमा संवाद गरेका छन् । जनमत संग्रहबारे प्रधानमन्त्रीले आगामी पुस २ गते डिसिजन(निर्णय) दिने बताएको भेटपछि सञ्चारकर्मीसँग प्रसाईँले बताए ।
'यो व्यवस्था ठिक छ कि छैन भनेर जनमत संग्रहमा जाऔँ भनेका छौँ । उहाँले पुस २ गते डिसिजन दिन्छाैँ भन्नुभएकाे छ । यदि उहाँले डिसिजन दिन सक्नु भएन भने निर्वाचन हुँदैन,' उनले भने ।
आफूहरुका माग सम्बोधन नभए जनविद्रोह हुने समेत प्रसाईँले बताए ।
प्रसाईंको समूहले प्रस्तुत गरेको २७ बुँदे मागपत्रमा नेपालको वर्तमान संविधानलाई पूर्णरुपमा खारेज गरी नयाँ संविधान निर्माण गर्ने, राष्ट्रपतिको सट्टा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख प्रणाली लागू गर्ने, राजसंस्था, हिन्दु राज्य लगायतका मागहरु समावेश छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण