सुदूरपश्चिम महोत्सव सुरु
सारांश
- सुदूरपश्चिम महोत्सव कैलालीमा सुरु भयो, पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य हो।
- महोत्सवमा कृषि प्रदर्शनी, प्रविधि र व्यापारलाई जोड दिइनेछ।
- यस वर्ष करिब सात लाख मानिसले महोत्सव अवलोकन गर्ने अनुमान गरिएको छ।
कैलाली। सुदूरपश्चिम प्रदेशमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुँदै आएको ‘सुदूरपश्चिम महोत्सव’ सुरु भएको भएको छ । सुदूरपश्चिम महोत्सवको १९औँ संस्करण सोमबारदेखि कैलालीको धनगढीमा सञ्चालनमा आएको छ ।
कैलाली उद्योग वाणिज्य सङ्घको आयोजनामा ‘पर्यटन, संस्कृति, उद्योग र व्यापार: समृद्ध सुदूरपश्चिमको आधार’ भन्ने मूल नाराका साथ उक्त महोत्सव सञ्चालनमा आएको हो ।
सङ्घका अध्यक्ष पुष्करराज ओझाले सुदूरपश्चिमको पर्यटन प्रवर्द्धन, कृषि, उद्योग, व्यापारको विकास तथा विस्तारका साथै संस्कृति र कलाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताए।
यस क्षेत्रका समग्र सम्भावना उजागर गरी आर्थिक, सामाजिक प्रतिकूलता र विषम सामाजिक परिस्थितिबाट गुज्रिरहेको उद्योग व्यवसायलाई पुनः स्थापित गर्न महोत्सव उपलब्धिमूलक हुने अध्यक्ष ओझाको भनाइ छ ।
महोत्सवमा बृहत् व्यावसायिक कृषि प्रदर्शनी र कृषि प्रविधिलाई व्यवसायमा जोड्नका लागि जोड दिइने उनले बताए। महोत्सव आयोजना गर्न रु तीन करोड लागत लाग्ने अनुमान गरिएको जनाउँदै ओझाले रु १५ करोड बराबरको कारोबार हुने विश्वास व्यक्त गरे । उनका अनुसार यस वर्षको महोत्सवमा करिब सात लाख व्यक्तिले अवलोकन गर्ने अनुमान गरिएको छ ।
महोत्सवमा कृषि, जडीबुटी, हस्तकला, फर्निचर, अटोमोबाइल्स, गारमेन्ट, इलेक्ट्रोनिकल, होटल र सूचना प्रविधि गरी ५०० बढी स्टल रहेका छन् । सधैँका संस्करणमा झैँ यसपटक पनि महोत्सवमा बिक्री हुने टिकटको केही रकम सामाजिक क्षेत्रका विषयका कार्य छुट्याइएको छ ।
महोत्सव अवलोकनका लागि विद्यार्थीलाई रु ५० र अन्यलाई रु १०० राखिएको छ भने ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई प्रवेश निःशुल्क गरिएको छ ।
महोत्सवको मुख्य प्रायोजक निःशर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर रहेको छ भने संरक्षक नेपाल उद्योग वाणिज्य महासङ्घ र नेपाल उद्योग वाणिज्य महासङ्घ सुदूरपश्चिम प्रदेश रहेका छन् । सोमबारदेखि सुरु भएको महोत्सव आगामी पुस २ गतेसम्म सञ्चालन हुनेछ ।
उद्योग, वाणिज्य कृषि, उद्योग, व्यापार पर्यटनलगायतको प्रवर्द्धन गरी समृद्ध सुदूरपश्चिम बनाउने अभियानअन्तर्गत विसं २०६३ देखि सुदूरपश्चिम महोत्सव थालनी गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
-
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
-
नेपाली युवा उद्यमीको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण