फिल्म 'आ बाट आमा'को टिजर रिलिज
सारांश
- आर्या इन्टरटेन्मेन्टको फिल्म 'आ बाट आमा'को टिजर सार्वजनिक भएको छ, जसमा परदेशिन लागेका छोरा र आमाबुबाको कथा देखाइएको छ।
- सार्वजनिक टिजरमा पल शाह, प्रदीप रावत र बिपना थापाको अभिनय रहेको छ, जसले दर्शकलाई भावुक बनाउने देखिन्छ।
- चन्द्र पन्तको निर्देशन रहेको यो फिल्म आगामी माघ १६ गते रिलिज हुनेछ, जसमा विभिन्न कलाकारहरुको अभिनय रहेको छ।
काठमाडौँ । आर्या इन्टरटेन्मेन्ट प्रालिको प्रस्तुतिमा निर्माण भएको फिल्म 'आ बाट आमा'को टिजर सार्वजनिक भएको छ । सार्वजनिक टिजरमा परदेशिन लागेका छोरालाई बुबाआमाको माया कतिसम्मको हुन्छ भन्ने यथार्थ कथालाई प्रस्तुत गरिएको छ। टिजरमा अभिनेता पल शाह सिरानीमाथी पासपोर्ट राखेका छन् भने उनका बुबा प्रदीप रावत र आमा बिपना थापा रातभरि रोएर बसेका छन्। छोराको बिदाइ गर्नुअघि बुबा आमालाई अनिन्द्रो देखिन्छ। उनीहरू छोरा परदेशिन लागेको रात रोएरै उज्यालो बनाएका छन्।
फिल्मको टिजरले दर्शकलाई निकै भावुक बनाउने देखिन्छ। किनभने बिपना थापा र प्रदीप रावतको अभिनयले टिजरमै भावुक बनाउन सफल भएका छन्। परदेशिन लागेको नेपाली युवाको कथालाई फिल्मको पर्दामा निर्देशन चन्द्र पन्तले पोख्न सफल भएका छन्।
आगामी माघको १६ गतेबाट रिलिज हुने यो फिल्ममा प्रदीप रावत, बिपना थापा र पल शाहका अलावा सिम्रन पन्त, साइग्रेस पोखरेल, उषा उप्रेती, रविन्द्र झा, गजित बिष्ट, अंशु महर्जन, बेगम नेपाली लगायतले अभिनय गरेका छन्। साथै बालकलाकारमा समाइरा थापा र शान अधिकारी रहेका छन्।
निर्देशक पन्तकै कथा, पटकथा रहेको यस फिल्ममा अभिमन्यू निरवीले लेखेका हुन्। फिल्मको संवादमा अमर न्यौपाने, अभिमन्यू निरवी र चन्द्र पन्तले सहकार्य गरेका छन् भने लगानी कृष्ण प्रसाद सुवेदी, ओमकार पन्त, प्रकाश जंग कुँवर, ध्रुव प्रसाद न्यौपाने र क्षितिज ढुंगानाले गरेका छन्।
यस फिल्मको कार्यकारी निर्माता करण सिंह रसाइली रहेका छन्। नवराज उप्रेतीको छायाङ्कन, गम्भीर बिष्ट र दिलिप ओखडाको कोरियोग्राफी रहेको यस फिल्मका गीतमा कोशिश क्षेत्री, थानेश्वर गौतम, बाबुल गिरी, अभी सुनारको संगीत सुन्न सकिने छ। यस फिल्मको सम्पादन साहिल खान र मिलन श्रेष्ठले गरेका छन् भने फिल्मलाई आर आर फिल्मस्का लागि रोहित कट्टेल र रतन श्रेष्ठले वितरण गर्दैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण