सङ्घीय मामिलालाई पाख्रीबासका मेयरको व्यंग्य : दिनदिनै नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाए पनि फरक पर्दैन
सारांश
- धनकुटाको पाख्रीबास नगरपालिकाका मेयरले कर्मचारी व्यवस्थापनको विषयमा संघीय मन्त्रालयलाई पत्र लेखेका छन्।
- मेयर गुरुङले हाकिम फेरिँदा पनि प्रकृतिको नियम नरोकिने भन्दै व्यंग्य गरेका छन्।
- स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको सरुवा र कर्मचारी अस्थिरताका कारण मेयरले असन्तुष्टि जनाएका हुन्।
धनकुटा । स्थानीय तहमा कर्मचारी व्यवस्थापन र बारम्बार हुने प्रमुख प्रशासकीय अधिकृतको सरुवालाई लिएर जनप्रतिनिधिहरूले बेलाबेलामा असन्तुष्टि पोख्दै आएका छन्। यसैक्रममा धनकुटाको पाख्रीबास नगरपालिकाका नगरप्रमुख (मेयर) ज्ञानबहादुर गुरुङले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई लेखएको एक पत्र अहिले सामाजिक सञ्जालमा भइरल बनेको छ ।
नगरपालिकामा कर्मचारी अस्थिरताले प्रशासनिक कामकारबाहीमा असर परेको भन्दै मेयर गुरुङले मन्त्रालयलाई 'प्राकृतिक चक्र नरोकिएजस्तै हाकिम फेरिदा पनि केही फरक नपर्ने' भन्दै व्यंग्य प्रहार गरेका छन्।
मन्त्रालयको पत्रको जवाफ दिने क्रममा मेयर गुरुङले नगरपालिकामा प्रशासनिक र आर्थिक कामकाज हुँदा वा नहुँदा पनि प्रकृतिको नियम नरोकिएको उल्लेख गरेका छन्।
उनले पत्रमा लेखेका छन्, 'यस पाख्रीबास नगरपालिकामा दैनिक प्रशासनिक र आर्थिक कामकाज हुँदा र नहुँदा यस क्षेत्रमा धान फल्न, दाही गर्न, थन्क्याउन, बालीनाली लगाउन, गाईभैँसी ब्याउन, दूध उत्पादन गर्न, सिँचाइ गर्न, फलफूल लगाउन, फुल्न, फल्न र सोको निकासा गरी बिक्री वितरण गर्न कुनै समस्या नरहेको...'
मेयर गुरुङले मन्त्रालयप्रति चरम असन्तुष्टि व्यक्त गर्दै यदि सम्भव भए दैनिक रूपमै नयाँ हाकिम पठाउन चुनौती दिएका छन्। उनले अगाडि लेखेका छन्, 'तहाँ मन्त्रालयबाट प्रत्येक महिना/महिनामा वा सम्भव भए दिनदिनै छुट्टाछुट्टै एक/एक जना प्रमुख प्रशासकीय अधिकृतलाई जिम्मेवारी तोकी पठाउँदा पनि फरक नपर्ने व्यहोरा जानकारीको लागि अनुरोध छ।'
मन्त्रालयले स्थानीय तहमा पठाउने प्रमुख प्रशासकीय अधिकृतहरू छोटो समयमै सरुवा भएर जाने वा लामो समयसम्म हाकिमविहीन हुनुपर्ने समस्या देशभरका धेरै स्थानीय तहमा छ। पाख्रीबास नगरपालिकामा पनि बारम्बार प्रमुख प्रशासकीय अधिकृत फेरिइरहने र यसले नगरपालिकाको विकास निर्माण, भुक्तानी तथा दैनिक सेवा प्रवाहमा बाधा पुगेपछि मेयर गुरुङले आक्रोश पोख्न यो शैली अपनाएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिजबुल्लाहले आक्रमण रोकेमा युद्धविराम लागू गर्न इजरायल र लेबनान सहमत
-
लेबनानमा युद्ध नरोकेसम्म इरानसँगको युद्ध अन्त्य हुँदैन: इरानी विदेशमन्त्री अराघची
-
इरान युद्ध रोक्न अमेरिकी प्रतिनिधिसभाको प्रस्ताव पारित, ट्रम्पलाई झट्का
-
एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
कोरला नाकाबाट भित्रिएका ७५० विद्युतीय गाडी नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण