सरकारले सुशासनको पक्षमा तीव्र गतिमा काम गरिरहेको छ : प्रधानमन्त्री कार्की
सारांश
- प्रधानमन्त्री सुशीला कार्कीले सरकार सुशासनको पक्षमा तीव्र गतिमा काम गरिरहेको बताइन्।
- उनले सरकार चुनावी मात्र नभई सुशासनको माग राखी भएको आन्दोलनको जगमा बनेको उल्लेख गरिन्।
- भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्न सरकार पछि नहट्ने कार्कीको भनाइ थियो।
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सरकारले सुशासनको पक्षमा तीव्र गतिमा काम गरिरहेको बताएकी छिन् । भ्रष्टाचारविरुद्धको २२ औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा सिंहदरबारमा आयोजित कार्यक्रममा उनले नियमितसँगै सुशासनको पक्षमा सरकार दृढ रहेको बताइन् ।
उनले भनिन्– 'यो सरकार चुनावी सरकार मात्र होइन। सुशासनको माग राखी भएको जेनजी आन्दोलनको जगमा बनेको सरकार हो। सरकारले नियमित कार्य सँगसँगै सुशासनका निमित्त तीव्र गतिमा काम गरिरहेको छ।'
जेनजीका माग र अपेक्षा बमोजिमका आशातीत उपलब्धि हासिल हुन समय लाग्ने उनले उल्लेख गरिन् । भ्रष्टाचारविरुद्ध जुनसुकै हदसम्मको कठोर कदम चाल्न पनि सरकार पछि हट्ने उनको भनाइ थियो ।
सुशासनका निम्ति राज्यका स्थापित संयन्त्र क्रियाशील भइसकेको कार्कीले बताइन् । 'यस दिशामा चालिएका कदमबाट अत्तालिएर कतिपय तत्त्वले प्रत्यक्ष वा परोक्षरुपमा धम्क्याए पनि हामी डराउँदैनौँ। सम्बन्धित निकायका पदाधिकारी र राष्ट्र सेवकहरूलाई पनि कत्ति पनि विचलित नभई निर्धक्कसँग आफ्नो व्यावसायिक स्वतन्त्रता उपयोग गरी अघि बढ्न म आग्रह गर्दछ', कार्कीले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण