सर्वोच्चको आदेश लक्षित कुलमानको प्रतिक्रिया– मैले सकिनँ भनेपछि सरुवा गरेको हो, प्रतिशोध साँधेर होइन
सारांश
- ऊर्जा मन्त्री कुलमान घिसिङले कसैप्रति प्रतिशोध नसाँधेको बताए, सही मान्छेलाई उचित स्थान दिने उनको भनाइ छ।
- उनले नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको सरुवा आफ्नो व्यक्तिगत प्रतिशोध नभएको बताए।
- मन्त्री घिसिङले परिणाम नदिने र निर्णय नगर्नेलाई कारबाही गरिने र सबै पक्षबिच समन्वय आवश्यक रहेको बताए।
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले आफूले कसैप्रति प्रतिशोध साँधेर काम नगरेको बताएका छन्। नेपाल पूर्वाधार पत्रकार समाजले मंगलबार ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
उनले आफ्नो मुख्य ध्येय परिणाममुखी काम गर्नु रहेको र त्यसमा कसैलाई पनि पूर्वाग्रह नराखिने बताए। 'मैले कसैप्रति प्रतिशोध साँधेर काम गरेको छैन। मेरो उद्देश्य भनेको सही ठाउँमा सही मान्छे राखेर काम गर्नु हो,' उनले भने।
मन्त्री घिसिङले काममा परिणाम नदेखाई पदमा बसिरहनुको औचित्य नहुनेमा जोड दिए। नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको सरुवा उनले शाक्य आफैँले 'मैले सकिनँ, मलाई सरुवा गर्दा हुन्छ' भनेपछि मात्र निर्णय लिइएको बताए । उनले भनेर नै सल्लाह अनुसार सरुवा गर्दा अदालत गएको सङ्केत गरे ।
उनले शाक्यको सरुवा व्यक्तिगत प्रतिशोध नभई संस्थागत सुधारका लागि आवश्यक कदम चालेको दाबी गरे।
मन्त्री घिसिङले अदालतको निर्णयलाई सम्मान गर्ने तर आफ्नो कार्यकालमा परिणाम देखाउन नसक्ने र निर्णय लिन नसक्नेलाई छुट नदिइने बताए। 'निर्णय नगर्ने र काम नगर्नेलाई कारबाही हुनुपर्छ, नत्र प्रोजेक्टहरू बन्दैनन्,' उनले थपे।
उनले देश विकासका लागि निर्माण व्यवसायी, परामर्शदाता र सरकारी निकाय सबैको उत्तिकै जिम्मेवारी हुने बताउँदै आयोजनाहरू समयमै सम्पन्न गर्न सबै पक्षबिच समन्वय आवश्यक रहेकोमा जोड दिए। समयमा काम सम्पन्न नहुँदा देशलाई आर्थिक रूपमा ठुलो घाटा हुने र रोजगारीका अवसरहरू पनि गुम्ने उनको भनाइ थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण