अपडेट
सडकका बिरुवामा क्षति पुर्याउनेलाई ललितपुर महानगरको एक लाख १० हजार जरिबाना
बुधबार, २४ मङ्सिर २०८२, ०९ : ०१
सारांश
- ललितपुर महानगरपालिकाले सडकका बोट बिरुवालाई क्षति पुर्याउनेलाई जरिबाना गरेको छ।
- श्री सिट स्केभ सीसीडेन्सी समाजलाई १ लाख रुपैयाँ जरिबाना तिराइएको थियो।
- महानगरले यसअघि विज्ञापन टाँसेर फोहोर गर्नेलाई पनि जरिबाना गरेको थियो।
ललितपुर । अफिस छेकेको भन्दै सडकका बोट बिरुवालाई क्षति पुर्याउनेलाई ललितपुर महानगरपालिकाले १ लाख १० हजार जरिवाना तिराएकाे छ ।
श्री सिट स्केभ सीसीडेन्सी समाज ललितपुरलाई महानगरले एक लाख रुपैयाँ जरीवाना तिराएको ललितपुर महानगर प्रहरी प्रमुख सिताराम हाछेथुले जानकारी दिए । गत मंसिर १६ गते नै समाजले उक्त जरिबाना तिरेको हो ।
बोट विरुवा हुर्काउन दशौँ वर्ष लाग्छ, तर पसल छेकिएको बाहनामा काटिदिँदा उक्त मेहनत खेर गएको हाछेथु बताउँछन् । यो जरिवानाले अन्यलाई सजग बनाउने विश्वास उनले व्यक्त गरे ।
महानगरपालिकाले यसअघि पोलमा विज्ञापनको पर्चा टाँसेर फोहोर गर्नेहरूलाई पनि चर्को जरिबाना तिराउँदै आएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जर्मनी भर्सेस पाराग्वे: २०१४ पछि पहिलो पटक नकआउट चरणमा जर्मनी
-
मार्टिनेली नायक बन्दा ब्राजिलको रोमाञ्चक पुनरागमन, जापान विश्वकपबाट बाहिरियो
-
देशभर ६२.६८ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा
-
स्याङ्जाका उत्कृष्ट कृषक सम्मानित
-
कासिमिरोको गोलसँगै ब्राजिल र जापान १–१ को बराबरीमा, खेल रोमाञ्चक मोडमा
-
१२ बजे १२ समाचार: कर्णालीका मन्त्रीको मनपरीदेखि विद्यार्थी सङ्गठनका संरचना हटाउन निर्देशनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण