‘मैले भारत र पाकिस्तानबिचको युद्ध रोकेँ, कम्बोडिया-थाइल्याण्डको सङ्घर्ष पनि समाधान गर्छु’
सारांश
- अमेरिकी राष्ट्रपति ट्रम्पले भारत र पाकिस्तानबीचको युद्ध रोकेको दाबी गरेका छन्।
- ट्रम्पले कोसोभो-सर्बिया र पाकिस्तान-भारतसहित आठवटा द्वन्द्वहरू अन्त्य गरेको बताए।
- उनले कम्बोडिया र थाइल्याण्डबीचको सीमा क्षेत्रमा फेरि सङ्घर्ष सुरु भएकोमा दुःख व्यक्त गरे।
वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एकपटक फेरि भारत र पाकिस्तानबिचको युद्ध रोकेको दाबी गरेका छन्। पेन्सिलभेनियामा भएको एक र्यालीलाई सम्बोधन गर्दै ट्रम्पले ‘बितेका १० महिनामा आफूले कोसोभो-सर्बिया र पाकिस्तान-भारतसहित आठवटा द्वन्द्वहरू समाप्त पारेको’ बताएका हुन्।
उनले इजरायल र इरान, इजिप्ट र इथियोपिया, अर्मेनिया र अजरबैजानका बिचको तनाव पनि आफूले समाधान गरेको दाबी गरे। ट्रम्पको यो दाबी भारतले तेस्रो पक्षको मध्यस्थतालाई निरन्तर अस्वीकार गर्दै आएको सन्दर्भमा आएको हो।
यद्यपि, मे महिनाको एउटा सङ्घर्षविरामपछि ट्रम्पले भारत र पाकिस्तानबीच शान्ति स्थापना गर्न भूमिका खेलेको दाबी दोहोर्याउँदै आएका छन्।
- कम्बोडिया र थाइल्याण्डमा पुनः सङ्घर्ष
भाषणका क्रममा ट्रम्पले कम्बोडिया र थाइल्याण्डबिच सीमावर्ती इलाकामा फेरि सङ्घर्ष सुरु भएकोमा दुःख व्यक्त गरे। उनले भने, ‘मलाई यो भन्न मन लागिरहेको छैन, कम्बोडिया र थाइल्याण्डमा फेरि युद्ध सुरु भयो। भोलि मैले एउटा फोन कल गर्नुपर्नेछ... जब म फोन गर्नेछु, यी दुई शक्तिशाली देशहरूबिच चलिरहेको युद्ध रोकिदिनेछु।’
थाइल्याण्ड र कम्बोडियाबिच सोमबारदेखि नै सीमावर्ती क्षेत्रमा फेरि सङ्घर्ष भड्किएको खबरहरू आएका छन्। यस वर्षको मे महिनामा जब छिमेकी मुलुकहरूबिच सङ्घर्ष चर्किएको थियो, तब ट्रम्पले मध्यस्थता गरेर सङ्घर्षविराम गराएको दाबी गरेका थिए।
मे महिनादेखि हालसम्म दुई देशबिचको सङ्घर्षमा ४० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ। ट्रम्पले ‘हामी सबै तागतका साथ शान्ति स्थापना गरिरहेका छौँ’ भन्दै थाइल्याण्ड र कम्बोडियाको द्वन्द्व समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण