सिन्धुली । जुनारको राजधानीका रूपमा चिनिने सिन्धुलीको गोलन्जोर गाउँपालिकाको महाभारत क्षेत्र यतिबेला जुनार र सुन्तलाले पहेँलपुर भएको छ।
_Kq5HvCzq8s.jpg)
परम्परागत बालीहरूको तुलनामा दश गुणाभन्दा बढीसम्म आम्दानी भएपछि जुनार खेती किसानहरूको मुख्य रोजाइ बनेको छ। सरकारले गोलन्जोर क्षेत्रलाई जुनार खेतीको ‘सुपर जोन’ घोषणा गरिसकेको छ।
_ZUXk6IzXoJ.jpg)
सरकारी तथ्याङ्कअनुसार, गत आर्थिक वर्ष २०८१/८२ मा यस क्षेत्रबाट करिब रु ३४ करोडको जुनार बिक्री भएको थियो। जिल्लाबाट समग्रमा ३६ करोड ६४ लाख १० हजारको कारोबार भएको देखिन्छ।
_QEnOovrtlP.jpg)
यद्यपि, जिल्ला जुनार सहकारी सङ्घले भने सरकारी तथ्याङ्कभन्दा दोब्बर अर्थात् करिब रु ७५ करोड मूल्य बराबरको वार्षिक कारोबार हुने जनाएको छ।
_FMBRYVVKHO.jpg)
किसानले जुनार प्रतिकिलो रु ५० देखि ६० सम्ममा घरआँगनमै बिक्री गर्छन्। उपभोक्ताले बजारमा प्रतिकिलो रु ८० देखि १०० सम्ममा खरिद गर्दै आएका छन्।
_EboE2QqIzQ.jpg)
सिन्धुलीमा हाल जिल्लाभर एक हजार १०० हेक्टर मा जुनार खेती भइरहेको छ, जसमध्ये व्यावसायिक खेती ७५० हेक्टर क्षेत्रफलमा छ। हावापानीका हिसाबले गोलन्जोरका सात वटै वडामा जुनार उत्पादन हुन्छ। कृषि विकास कार्यालयका अनुसार गोलन्जोरमा मात्रै करिब ७०० हेक्टरमा व्यावसायिक खेती भइरहेको छ।
_9Z69F4BR88.jpg)
सिन्धुलीमा उत्पादित जुनार काठमाडौँ, पोखरा, हेटौँडा, जनकपुर, सिरहा, पाँचथर, नारायणगढ, विराटनगर, झापा मात्र नभई सीमा क्षेत्रका भारतीय बजारसम्म पनि पुग्ने गरेको छ। ‘सुपरजोन’ कार्यालयमार्फत जुनार-सुन्तला किसानले तालिम, नर्सरी सुधार, सिँचाइ, बगैँचा विस्तार र यान्त्रीकरणका लागि सहयोग पाइरहेका छन्।
_bD0m99mIbB.jpg)
जुनार-सुन्तला खेतीले महाभारत क्षेत्रका युवालाई केही हदसम्म रोजगारी पनि प्रदान गरेको छ। यहाँ एक जना किसानको बगैँचामा एक हजार ७०० सम्म जुनारका बोट रहेको र एउटा बोटबाट अधिकतम रु २१ हजारसम्मको फल बिक्री भएको तथ्याङ्क छ।
जुनार गुणस्तरका हिसाबले टिप्ने मौसम मङ्सिर–पुस भए पनि कात्तिकदेखि फागुनसम्म बोटमा रहने फल हो। पछिल्लो समय जलवायु परिवर्तनको असरका कारण विगतमा कम उचाइमा फल्ने यो फलले अग्लो ठाउँतिर सर्दै गएको छ।
_hhJGGu3K6Z.jpg)
अहिले आठ सयदेखि एक हजार मिटरसम्मको उचाइमा लागेका दाना दसैँतिहारमै खान योग्य हुन्छ भने त्योभन्दा माथिको मङ्सिर, पुस र माघसम्म रहन्छ।
_cATQHw4nif.jpg)
सिन्धुलीमा नयाँ प्रविधियुक्त करिब १५ वटा चिस्यान केन्द्र (कोल्ड स्टोर) छन्, जहाँ करिब एक हजार २०० मेट्रिक टन जुनार भण्डारण गरेर राख्न सकिन्छ। रुखबाट टिपेर चिस्यान केन्द्रमा राखेको जुनार सुन्तला वैशाखसम्मै रहन्छ।
_xtNBuUUliR.jpg)
पछिल्लो समय टाढा–टाढाबाट जुनार-सुन्तला खेती हेर्न र यससम्बन्धी अध्ययन गर्न आउनेको सङ्ख्या बढेको छ। बगैँचामै पुगेर जुनार टिपेर खानेको सङ्ख्या बढोत्तरी भएसँगै आन्तरिक ग्रामीण पर्यटन प्रवर्द्धनको सम्भावना समेत बढेको छ।
_yc4H1pfH48.jpg)
_MTxNGsj24t.jpg)
_ztoB3i201m.jpg)
_ueNhnlCGM5.jpg)
_OYTXrW0h9Z.jpg)
_JfdwvkB3km.jpg)
_NDzoa2jyXZ.jpg)
_p7z8EILMsg.jpg)
_ywMuQnMbFU.jpg)
_v7Yle3G1Fp.jpg)
प्रतिक्रिया