भविष्य बोकेका कुलमानले राजीनामा दिएर नैतिकता देखाउन्
सारांश
- कुलमान घिसिङलाई नैतिकताको मानक स्थापित गर्न राजीनामा दिन सुझाव दिइएको छ।
- अदालतको निर्णय उल्टाउँदा नैतिक जिम्मेवारी लिने परम्परा बसाल्न घिसिङलाई आह्वान गरिएको छ।
- राजीनामाले घिसिङको राजनीतिक भविष्य र नैतिक छवि अझ उज्यालो बनाउने विश्लेषण छ।
कुलमान घिसिङ अब केवल एउटा व्यक्ति मात्र रहेनन् । उनी आधुनिक नेपालको ऊर्जा यात्रामा स्थापित एउटा जीवन्त मानक, चेतना, कल्पनाशील सम्भावना र सामूहिक स्मृतिमा बस्ने ऐतिहासिक व्यक्ति बनेका छन् । नेपाली जनताले आफ्नै आँखाले, आफ्नै भोगाईले, आफ्नै दैनन्दिनको जीवनमा प्रत्यक्ष महसुस गरेर उनलाई यो ठाउँसम्म पुर्याएका हुन् । कुलमान घिसिङको नेतृत्वकै कारण नेपालमा उज्यालो नेपाल सम्भव भएको थियो ।
अन्धकारका अन्तहीन रातहरू भोग्दै आएको देशले अचानक उज्यालो पायो । त्यो उज्यालो विद्युत् मात्र थिएन । परिवर्तनको अनुभूति थियो, विश्वासको पुनर्जीवन थियो । यतिमात्रै नभएर राज्यप्रति जन्मिएको दुर्लभ आशा पनि थियो । यसैकारण ‘कुलमान’ नाम आउने बित्तिकै लाखौँ नेपालीहरूको मनमा अन्धकारबाट उज्यालोतर्फको यात्राको स्मरण हुन्छ स्वतः । त्यही स्मरणले नै उनलाई जनदृष्टिमा मानकको रूपमा स्थापित गरेको हो ।
मानक केवल सफलताले मात्र निर्माण हुँदैन । कठिन समयमा नैतिकताको बाटो रोज्नु पनि एक प्रकारको मानक नै हो । इतिहासमा त्यस्ता असङ्ख्य उदाहरण छन्, जहाँ सफल व्यक्तिले आफ्नो जीवनको उच्चतम क्षणमा लिएको एउटा नैतिक निर्णयले अनन्तकालसम्म उसलाई प्रतिष्ठित बनाएको हुन्छ । नेपालले त्यस्तो क्षण धेरै पटक गुमाइसकेको छ । गलत निर्णय उल्टाइएपछि पनि जिम्मेवारीको बोध नहुने परम्पराले जरा गाड्दै गएको छ । आज नेपाल पुनः त्यही मोड उभिएको छ ।
र, त्यसको अघिल्तिर उभिएका छन्– कुलमान घिसिङ ।
यो केवल प्रशासनिक निर्णयको मुद्दा होइन । यो राजनीतिक संस्कारसँग जोडिएको सवाल हो । साथै सार्वजनिक पदसम्बन्धी नैतिक मूल्याङ्कन हो ।
विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितमान शाक्यलाई बर्खास्त गर्ने निर्णयलाई अदालतले गैरकानुनी ठहर गरेको छ । अदालतको निर्णयलाई एकै वाक्यमा भन्न सकिन्छ– पूर्ववत् निर्णय नेपालको प्रचलित कानुन अनुरूप थिएन । पक्कै पनि अदालत अन्तिम व्याख्याता हो । उसले आफ्नो फैसला दिएको छ ।
यो केवल प्रशासनिक निर्णयको मुद्दा होइन । यो राजनीतिक संस्कारसँग जोडिएको सवाल हो । साथै सार्वजनिक पदसम्बन्धी नैतिक मूल्याङ्कन हो । कुलमान घिसिङलाई हिजो तत्कालीन सरकारले गैरकानुनी तरिकाले बर्खास्त गर्दा अदालतसहित धेरैले त्यसलाई अन्यायका रूपमा हेरेका थिए । अदालतले उनकै पक्षमा न्याय दिएको थियो । देशभर जनताले उनको बर्खास्ती विरुद्ध प्रश्न उठाएका थिए ।
आज त्यस्तै घटनाबारे अदालत पुनः बोलेको छ । हितेन्द्रदेव शाक्यमाथिको निर्णय पनि त्यही प्रकृतिको हो । उनको बर्खास्ती कानुनभन्दा बाहिरको थियो । त्यसैले उल्टाइयो । कानुनले सबैलाई एउटै मापदण्ड प्रयोग गर्छ । सम्बन्धित व्यक्तिको लोकप्रियता जति नै उच्च भएपनि न्यायालय कानुनको विधि र मर्म अनुसार चल्छ । त्यसकारण अहिले अदालतले सुनाएको निर्णय कुलमानको राजनीतिक–प्रशासनिक यात्राको सबैभन्दा ठुलो अग्नि परीक्षा बन्न पुगेको छ ।
झट्ट हेर्दा कानुनी प्रश्न जस्तो मात्रै देखिए पनि अन्तर्यमा यो मूल्यको परीक्षा हो । कुलमानसामु आज यक्ष प्रश्न खडा भएको छ । उनी नैतिक मानक निर्माण गर्छन् वा गर्दैनन् ?
हिजो उनले जनतालाई उज्यालो दिए । आज उनी देशलाई नैतिकताको उज्यालो दिन सक्ने ठाउँमा छन् । लोकप्रियताले मात्रै नेतृत्व बनाउँदैन ।
आजसम्म सर्वोच्च अदालतले सरकारको निर्णय उल्टाउँदा कोही पनि नैतिक जिम्मेवारी लिएर अघि बढेको देखिँदैन । प्रतिनिधिसभा विघटन गर्ने निर्णय असंवैधानिक ठहरिँदा पनि निर्णय गर्नेले जिम्मेवारी लिएका थिएनन् । गलत सिफारिस गर्नेहरू बेफिक्री हिँडेको देखियो । गलत निर्णय फिर्ता हुँदा पनि कसैले नैतिक रूपमा जिम्मेवार छु भन्ने कुरा सार्वजनिक रूपमा कहिल्यै सुनिएन । पुरानो र मक्किएको त्यो परम्परालाई तोड्ने अवसर छ कुलमानसँग । त्यसैले समयले उनको नैतिकताको जबाफ माग गरेको छ ।
हिजो उनले जनतालाई उज्यालो दिए । आज उनी देशलाई नैतिकताको उज्यालो दिन सक्ने ठाउँमा छन् । लोकप्रियताले मात्रै नेतृत्व बनाउँदैन । नेतृत्वलाई मानक बनाउने भनेको कठिन समयमा सत्यको पक्षमा उभिन सक्ने क्षमताले पनि हो । नेतृत्वको गहन अर्थ– नैतिक साहस पनि हो । त्यो साहस सामान्य व्यक्तिमा हुँदैन ।
कुलमान झण्डै दशकयता निर्विवाद रूपमा स्वीकृत उनको प्रतिष्ठा, पारदर्शिता, कार्यक्षमता र राष्ट्रिय भावनामा आधारित आफ्नो सफलताको जगमा उभिएका छन् । आज पनि उनी आफ्नो पहिलो पहिचान अर्थात् मानकको स्तरमै उभिन सक्छन् वा सक्दैनन् भन्ने चुनौती उनकासामु छ ।
उनले आफ्नो पदबाट हट्नुपर्ने प्रश्न केवल कानुनी मात्रै होइन । राजनीतिक प्रवृत्ति, संस्थागत नैतिकता, नागरिक अपेक्षा र नेतृत्वको चरित्रसँग सम्बन्धित प्रश्न हो । हितमान शाक्यमाथिको बर्खास्ती अदालतले उल्टाइदिएको अवस्थामा उक्त निर्णय गरेको व्यक्तिले नै नैतिक जिम्मेवारी लिएर आफ्नो पद त्याग गर्नु उचित हुन्छ । यो नै सामान्य सिद्धान्त हो ।
विश्वका धेरै लोकतन्त्रमा कानुनविरुद्ध निर्णय गरेकाहरूले पद मात्र गुमाएका छैनन् । उनीहरूमाथि कानुनी कारबाही समेत भएको छ । यही स्वभावले उनीहरूको लोकतन्त्रलाई संस्थागत बनाएको छ । जिम्मेवारी बोधलाई अनिवार्य बनाएको छ र सत्ता पदलोलुपताको दायरालाई कमजोर बनाएको छ ।
यो क्षणले उनलाई चाहेर वा नचाहेर राष्ट्रिय चरित्रको प्रेरक उदाहरण बन्ने गर्ने अवसर दिएको छ । यहाँ राजीनामा माग्नुको अर्थ दोषारोपण होइन ।
नेपालमा भने त्यसको उल्टो परम्परा कायम छ । निर्णय गलत हुन्छ । अदालतले खारेज गर्छ । तर निर्णय गर्ने व्यक्ति पदमै रहिरहन्छ । यही प्रवृत्तिले नै आजसम्म राज्यलाई कमजोर बनाएको हो । जनतामा वितृष्णा फैलनु र संस्थाहरू कमजोर हुनुको कारणमध्ये यो महत्त्वपूर्ण पक्ष हो । त्यसैले पनि कुलमानले राजीनामा गर्नु उपयुक्त हुन्छ । यस्तो क्षण फेरी आउने छैन ।
यो क्षणले उनलाई चाहेर वा नचाहेर राष्ट्रिय चरित्रको प्रेरक उदाहरण बन्ने गर्ने अवसर दिएको छ । यहाँ राजीनामा माग्नुको अर्थ दोषारोपण होइन । यो एउटा पुरानो परम्परामा नयाँ मानक स्थापित गर्ने प्रयास हो । राजकीय पदमा बसेको मान्छे केवल कानुनको व्याख्यामा वा निर्णयको तर्कमा मात्र केन्द्रित हुनु हुँदैन । उसको प्राथमिकता सार्वजनिक विश्वासको रक्षा हुनुपर्छ ।
जनताको भरोसा पदमा नभएर पद वहन गर्ने व्यक्तिको नैतिकतामा टेकेको हुन्छ । यदि अदालतले कुनै निर्णय उल्टाइदिन्छ भने त्यो निर्णय गर्ने व्यक्तिले आफूलाई जिम्मेवार ठान्दै नैतिक साहस देखाएमा त्यो युगान्तकारी उदाहरण बन्छ । कुलमान घिसिङको राजनीतिक भविष्य पहिल्यै खुलेको छ ।
उनी प्रत्यक्ष रूपमा सक्रिय नभए पनि नयाँ विकल्प निर्माण गर्ने शक्ति समेटिएको राजनीतिक संरचनामा उभिएका छन् । नयाँ दल, नयाँ नेतृत्व शैली र नयाँ राजनीतिक पाठ सिर्जना गर्ने तयारीमा उनीसँग सम्बद्ध उज्यालो नेपाल पार्टी अगाडि बढेका छ । यस्तो अवस्थामा उनी वर्तमान नागरिक सरकारभित्र बसेर लगातार आलोचना, आरोप, कानुनी प्रश्नबाट घेरिनु भन्दा नयाँ राजनीतिक संस्कारलाई अघि बढाउन उहाँले पाइला चाल्नु पर्ने देखिन्छ ।
नेपालमा लोकप्रिय व्यक्ति नै राजनैतिक आक्रमणको पहिलो तारो बन्ने इतिहास धेरै पुरानो छ । अहिले नै जनमत र लोकप्रिय प्रतिष्ठाको उचाइमा रहेका कुलमान भविष्यमा राजनीतिक प्रतिद्वन्द्वीहरूको सिकार बन्न सक्ने खतरा ठुलो छ । त्यसका लागि उनी धेरै टाढा जानै पर्दैन । रबी लामिछानेसँग भएको व्यवहारले नेपालका शक्ति संरचनाहरू कसरी काम गर्छन् भन्ने उदाहरण स्पष्ट देखिन्छ ।
कुलमानले राजीनामा दिए भने उनी कानुनी मानक कायम गर्ने व्यक्ति मात्र हुँदैनन् । उनी नैतिक आदर्श कायम गर्ने पहिलो व्यक्ति बन्न सक्छन् । उनी आफू कानुनलाई सम्मान गर्ने व्यक्ति भएको दाबी गर्न सक्छन् । उनको दाबीले देशभरको राजनीतिक संस्कृतिमा हलचल ल्याउने निश्चित छ । यसले नयाँ अभ्यास जन्माउँछ, जहाँ अदालतले उल्ट्याएका निर्णयका वहनकर्ताले आफ्नै पदबाट अलग भएर प्रक्रियालाई सम्मान दिने परम्पराको सुरुवात हुनेछ । यस्तो परम्परा सुरु गर्ने व्यक्तिको नाम इतिहासमा पृथक् ढङ्गले लेखिन्छ ।
आजको नयाँ राजनीतिक संरचनामा तीनवटा खास चुनौती छन् । राज्यसत्ताको चरित्र, कानुनी प्रक्रियाको सम्मान र वैकल्पिक नेतृत्व निर्माण । कुलमान घिसिङ तीनवटै मोर्चामा प्रभाव पार्न सक्षम व्यक्ति हुन् । तर यो प्रभाव उनी वर्तमान पदमै बसेर विस्तार गर्न सक्दैनन् । उच्च नैतिक मानक राखेर मात्रै हुन्छ । उनी अब राजनीतिमा आउने सङ्केत स्पष्ट भइसकेको छ । उनीसँग सम्बन्धित समूहहरू संगठनात्मक रूपमा तयार भइरहेका छन् । उनी राजनीतिक विकल्प निर्माणको केन्द्रबिन्दु बन्न सक्ने सम्भावना व्यापक छ ।
यस्तो अवस्थामा उनी अहिलेको नागरिक सरकारमा बसेर कानुनी विवाद, राजनीतिक आरोप र व्यक्तिगत आलोचनाको केन्द्रमा रहिरहे भने उनको भविष्यको यात्रा अवरुद्ध हुन सक्छ । नेपालको राजनीति यति जटिल छ कि लोकप्रिय व्यक्ति आफैँ लोकप्रियताको बोझले थिचिन्छन् । मञ्चमा उभिने प्रत्येक लोकप्रिय अनुहारलाई पुराना शक्तिहरूले धकेल्न, बदनाम गर्न, कमजोर पार्न, कानुनी मुद्दामा फसाउन र अन्ततः हटाउन खोज्नु पनि सामान्य हो ।
कुलमानले मन्त्री पदबाट राजीनामा दिएमा उनको राजनीतिक पुँजी, नैतिक प्रतिष्ठा, सार्वजनिक विश्वास र भविष्यको नेतृत्व यात्रा झनै प्रखर रूपमा अघि बढ्ने छ ।
त्यसैले अहिलेको राजीनामा उनको लागि बचाउ मात्र नभएर राजनीतिक सङ्क्रमणमा एक रणनीतिक, बुद्धिमत्तापूर्ण र दुर्दृष्टियुक्त कदम हो । उनको यो कदमले भविष्यका मन्त्री, सचिव, निर्णयकर्ता, नियामक संस्था प्रमुख तथा निष्पक्ष पदाधिकारीलाई कठोर सन्देश दिनेछ । नैतिक जिम्मेवारी लिने परम्परा स्थापित भएको सन्देश दिनेछ ।
देशको राजनीति जटिल मोडमा छ । पुराना शक्तिहरू सक्रिय हुन पुनः आफन–ताफन गर्दैछन् । उनीहरूको सक्रियताले मुलुकलाई फेरि पुरानो दिशा र गन्तब्यमा पुर्याउने निश्चित छ । त्यसैले त्यसको प्रमुख तारो कुलमान नै हुने निश्चित छ । तर, उनी देशले खोजिरहेको व्यक्ति हो । उनी अहिले नै पुरानै संरचनाको जालोमा अड्किए भने ती शक्तिले उनलाई पनि रबी लामिछानेकै नियतिमा पुर्याउने निश्चित छ । त्यसैले यसलाई कुलमानले गम्भीरतासाथ लिउन ।
कुलमानले मन्त्री पदबाट राजीनामा दिएमा उनको राजनीतिक पुँजी, नैतिक प्रतिष्ठा, सार्वजनिक विश्वास र भविष्यको नेतृत्व यात्रा झनै प्रखर रूपमा अघि बढ्ने छ । उनका समर्थकहरू, देशभरका युवाहरू, नयाँ विकल्प खोज्ने नागरिकहरू र परिवर्तन चाहने शक्तिहरूलाई यसबाट एकजुट हुन झनै हौसला मिल्ने छ । राजीनामाले लोकप्रियता घटाउँदैन । नैतिकता बढाउँछ । कुलमानको राजनीतिक यात्रा नैतिकतामा आधारित छ भने यो नैतिक कदमले उनको कद उँचो बनाउने छ ।
(लेखक अमेरिका निवासी पूर्व–सञ्चारकर्मी हुन्)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण