एमाले स्कूल विभागका चार वर्ष : ६६ जिल्लामा प्रशिक्षण, करिब ८ हजार प्रशिक्षक उत्पादन
सारांश
- एमालेले कार्यकर्तालाई वैचारिक, सैद्धान्तिक र संगठनात्मक रूपमा प्रशिक्षित गर्न पार्टी स्कूल विभागलाई सक्रिय बनाउने भएको छ।
- प्रशिक्षणमा जनसंगठनदेखि लिएर प्रवाससम्मका नेता कार्यकर्तालाई सहभागी गराइएको थियो, जसमा ७ हजार ७ सय ८३ जनाले प्रशिक्षण लिए।
- पार्टीले सातै प्रदेशमा स्थायी स्कूल सञ्चालन गर्ने तयारी गरेको छ, जसले प्रशिक्षणलाई थप प्रभावकारी बनाउनेछ।
काठमाडौँ । नेकपा एमालेले १० औँ महाधिवेशनपछि सशक्त रूपमा कार्यकर्तालाई वैचारिक, सैद्धान्तिक, सङ्गठनात्मक, सामाजिक रूपमा प्रशिक्षित गर्नका लागि गठन गरेको पार्टी स्कूल विभागलाई थप सक्रिय बनाउने भएको छ ।
नेता कार्यकर्तामा वैचारिक विचलन, आफूले आदर्श मानेको मार्क्सवाद, लेलिनवाद र जनताको बहुदलीय जनवादका बारेमा कतिपय नेताहरूमै आधारभूत ज्ञान नहुँदा नयाँ कार्यकर्तालाई बिचारले प्रभावित पार्ने विषय कमजोर भएकोले यो विभागलाई थप सक्रिय बनाइएको एमालेले जनाएको छ ।
महाधिवेशन सकिएको ३ महिनापछि १९ माघ २०७८ मा उपमहासचिव प्रदिप ज्ञवालीलाई यस विभागको प्रमुख बनाउने निर्णय एमालेले गरेको थियो । ज्ञवालीका अनुसार चार वर्षको अवधिमा विभिन्न तहका ७ हजार ७ सय ८३ जना नेता कार्यकर्तालाई प्रशिक्षित गरिएको छ ।
स्कूल विभागले तयार गरेको प्रतिवेदन अनुसार प्रशिक्षणमा जनसङ्गठन देखि प्रवास सम्म जनप्रतिनिधि देखि नवप्रवेशीसम्मका नेता कार्यकर्तालाई प्रशिक्षण दिइएको उल्लेख छ । प्रतिवेदन अनुसार चार वर्षको अवधिमा जनसंगठनतर्फ ६२५,प्रदेश स्तरीय प्रशिक्षक प्रशिक्षण ४०८,स्थानीय तहका जनप्रतिनिधि ६५६ जनालाई प्रशिक्षण दिइएको छ । यस्तै नवप्रवेशी २५०,जिल्ला तहका नेता कार्यकर्ता ५ हजार ४ सय २६,वित्त तथा कोष व्यवस्थापन ५६,भारत प्रवास ५६ जनालाई प्रशिक्षित गरिएको छ ।
‘यस बीचमा हामीले हुम्ला देखि पाँचथरसम्म, झापादेखि कञ्चनपुरसम्म गरी ६६ वटा भौगोलिक प्रशिक्षकहरू सञ्चालन गर्यौँ’ ज्ञवालीले भने ‘हामीले ३/४ दिनका कार्यशाला,अन्तरक्रियात्मक शैली, अनुभवी र विज्ञ प्रशिक्षकबाट प्रशिक्षण दिइएको हुनाले धेरै कार्यकर्ताहरूले पार्टीको आधारभूत सिद्धान्त र मान्यताका बारेमा स्पष्ट हुनुभएको छ ।’
विभागका सचिव घनश्याम कोइरालाका अनुसार पार्टी केन्द्रको स्कूल विभागले माध्यमिक तहको प्रशिक्षण सञ्चालन गर्ने गरेको छ । विभागले उत्पादन गरेका प्रशिक्षकहरू प्रदेश, जिल्ला र स्थानीय तहहरुले आयोजना गर्ने प्रशिक्षणका काम गरिरहेका छन् । ‘हामीले बृहत्तर रूपमा प्रशिक्षणको काम अघि बढाएका हौं । केन्द्रले प्रशिक्षक उत्पादन गर्ने, प्रदेश र जिल्ला र स्थानीय तहले उनीहरू मार्फत सम्बन्धित तहका कार्यकर्तालाई पार्टी, समाज, देश र विदेशका बारेमा थाहा पाउन मद्दत गरिरहेका छन् ’ कोइरालाले भने ।
विभागले सातै प्रदेशमा स्थायी स्कूल सञ्चालन गर्ने तयारी गरेको छ । जस अनुसार केन्द्रको स्कूल विभाग मदन आश्रित स्मृति भवन गोठाटारमा,कोशीमा मदन भण्डारी स्मृति प्रतिष्ठान इटहरीमा, मधेशको मदन आश्रित स्मृति भवन लालबन्दीमा,गण्डकीको पुष्पलाल स्मृति प्रतिष्ठान पोखरामा,लुम्बिनीको नेपालगञ्ज,देउखुरी र बुटवलमा र सुदूरपश्चिमको कञ्चनपुर स्थित जिल्ला पार्टी कार्यलयमा स्थायी स्कूलको संरचना तयारी थालेको छ । विभागले आधारभूत तहको पाठ्यक्रमका लागि समृद्धि सोपान स्रोत पुस्तक पनि तयार गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण