भेनेजुएलाको तटबाट अमेरिकी सेनाले तेल ट्याङ्कर कब्जा गरे
सारांश
- अमेरिकी सेनाले भेनेजुएलाको समुद्री तटबाट एउटा तेल ट्याङ्कर कब्जा गरेको छ।
- ट्रम्पले भेनेजुएलाको तटबाट ट्याङ्कर कब्जा गरेको पुष्टि गर्दै वासिंटनको दबाब अभियान बढाएका छन्।
- भेनेजुएलाले अमेरिकी कदमको निन्दा गर्दै यसलाई 'अन्तर्राष्ट्रिय डकैती' को संज्ञा दिएको छ।
वासिंटन । अमेरिकी सेनाले भेनेजुएलाको समुद्री तटबाट एउटा तेल ट्याङ्कर कब्जा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाको तटबाट अमेरिकी सेनाले एउटा तेल ट्याङ्कर कब्जामा लिएको पुष्टि गरेका हुन् ।
अमेरिकाको यो कदमले निकोलस मादुरोको सरकारविरुद्ध वासिंटनको दबाब अभियानमा तीव्र वृद्धि भएको संकेत गरेको छ ।
‘हामीले भर्खरै भेनेजुएलाको तटमा एउटा ट्याङ्कर कब्जा गरेका छौँ । एउटा ठुलो ट्याङ्कर, धेरै ठुलो । वास्तवमा अहिलेसम्म जफत गरिएको सबैभन्दा ठुलो,’ ट्रम्पले ह्वाइट हाउसमा पत्रकारहरूसँग भने ।
भेनेजुएलाले भने अमेरिकी सो कदमको निन्दा गर्दै यसलाई ‘अन्तर्राष्ट्रिय डकैती’को संज्ञा दिएको छ । यसअघि भेनेजुएलाली राष्ट्रपति मादुरोले भेनेजुएला कहिल्यै ‘तेल उपनिवेश’ नबन्ने घोषणा गरेका थिए ।
ट्रम्प प्रशासनले भेनेजुएलामाथि अमेरिकामा लागुऔषध ओसारपसार गरेको आरोप लगाएको छ । पछिल्लो समय अमेरिकाले भेनेजुएलाली राष्ट्रपति मादुरोलाई सत्ताबाट बेदखल गर्ने प्रयास तीव्र पारेको छ।
भेनेजुएलामा विश्वको सबैभन्दा ठुलो प्रमाणित तेल भण्डार छ । उसले वासिंटनलाई तेलको स्रोत चोर्न खोजेको आरोप लगाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण