मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय

सुनको मूल्य एक हजार रुपैयाँले बढ्यो

बिहीबार, २५ मङ्सिर २०८२, १० : ५९
बिहीबार, २५ मङ्सिर २०८२

काठमाडौँ ।  बिहीवार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण व्यवसायी महासंघकाअनुसार सुन आज एक हजार रुपैयाँले बढेको हो ।

बुधवार प्रतितोला २ लाख ५२ हजार १०० रुपैयाँमा कारोबार भएको सुन बिहीवार बढेर २ लाख ५३ हजार १०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बिहीवार चाँदीको मूल्यमा पनि उच्च वृद्धि भएको छ ।

आज चाँदी प्रतितोला ५५ रुपैयाँले वृद्धि भएको छ । बुधवार प्रतितोला ३ हजार ७५० रुपैयाँमा कारोबार भएको चाँदी बिहीवार बढेर ३ हजार ८०५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप