बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ऋतिकको ‘धुरन्धर’ बारे बयानले सामाजिक सञ्जालमा बहस सुरु

चलचित्रको प्रशंसा, तर राजनीतिक सन्देशमा असहमति
बिहीबार, २५ मङ्सिर २०८२, ११ : २८
बिहीबार, २५ मङ्सिर २०८२

सारांश

  • अभिनेता ऋतिक रोशनले फिल्म धुरन्धरको अभिनयको प्रशंसा गरे तर राजनीतिक सन्देशमा असहमति जनाए।
  • उनको भनाइपछि सामाजिक सञ्जालमा ट्रोल भएपछि उनले अर्को पोस्ट गर्दै फिल्मको प्रशंसा गरे।
  • ऋतिकले फिल्मका निर्देशक, कलाकार र पार्ट-२ को प्रतीक्षाबारे पनि उल्लेख गरे।

मुम्बई । हालै प्रदर्शनमा आएको चलचित्र धुरन्धरमा अभिनेता अक्षय खन्नाको अभिनयको निकै प्रशंसा भइरहेको छ। यसै क्रममा अभिनेता ऋतिक रोशनले पनि फिल्मको प्रस्तुति, अभिनय र अन्य धेरै पक्षहरूको खुलेर तारिफ गरेका छन्, तर उनको एक भनाइले भने बढी चर्चा पाएको छ।

ऋतिक रोशनले आफू यस फिल्मको ‘राजनीतिक सन्देशसँग सहमत नभए पनि’ यसको बलियो कथावस्तु मन परेको बताएका छन् । धुरन्धरको पोस्टर साझा गर्दै ऋतिकले आफ्नो इन्स्टाग्राम स्टोरीमा लेखेका छन्, ‘कथा भन्ने तरिका मन पऱ्यो। म यसको राजनीतिसँग सहमत नहुन सक्छु र विश्वको नागरिकको नाताले हामी चलचित्र निर्माताहरूले के कस्ता जिम्मेवारीहरू उठाउनुपर्छ भन्ने बारेमा बहस गर्न सक्छु। तैपनि, म सिनेमाको एक विद्यार्थीको नाताले यो फिल्म मलाई धेरै मन परेको कुरा अस्वीकार गर्न सक्दिनँ।’

ऋतिकको यो भनाइलाई लिएर सामाजिक सञ्जालमा केही मानिसहरूले उनलाई ट्रोल गर्न सुरु गरे। त्यसपछि, ऋतिक रोशनले एक्समा अर्को पोस्ट गरे, जसमा उनले ‘राजनीतिक सन्देश’ को कुनै उल्लेख गरेनन्। उनले लेखे, ‘धुरन्धर अहिले पनि मेरो दिमागबाट हटिरहेको छैन, आदित्य धर, तपाईं कमालका चलचित्र निर्माता हुनुहुन्छ।

रणवीरको मौनताबाट उग्रतासम्मको यात्रा, कस्तो गजबको यात्रा र कमालको निरन्तरता। अक्षय खन्ना सधैँ मेरो मनपर्ने अभिनेता हुनुहुन्छ र यो फिल्म यसको प्रमाण हो। अभिनेता माधवन– कमालको अभिनय, गरिमा, शक्ति र सम्मान।’

ऋतिकले फिल्मको पार्ट-२ को लागि आतुरतापूर्वक प्रतीक्षा गरिरहेको कुरा पनि बताएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप