हिक भिजन ‘ब्राण्ड’को ‘वार्षिक वितरक भेला २०२५’ चितवनमा
काठमाडौँ । विश्व प्रसिद्ध हिक भिजन ‘ब्राण्ड’ को ‘वार्षिक वितरक भेला २०२५’ चितवनको सौराहामा आयोजना हुने भएको छ । नेपालको आधिकारी राष्ट्रिय वितरक म्याक्सिमा मल्टिनेशनल ट्रेडिङ प्रालिले यही मङ्सिर २७ गते संयोजन गर्ने भेलालाई हिक भिजन चीनका नेपाल देशीय व्यवस्थापक लियोन झिले विशेष सम्बोधन गर्नेछन् ।
सम्मेलनमा देशभरका हिक भिजन ‘ब्राण्ड’को नेपालको आधिकारी वितरकहरु सहभागी हुने कम्पनीका प्रबन्ध निर्देशक प्रमोदकुमार अधिकारीले जानकारी दिए । उनका अनुसार वितरक भेलामा सूचना प्रविधिका उद्यमी, वितरक साझेदारले नवीनतम् विषय र हिक भिजनका उत्पादनसँग सम्बन्धित ‘फ्रेन्ड्लि सफ्टवेयर’का बारेमा जानकारी लिन सक्नेछन् ।
भेलामा आगामी सन् २०२६ को योजना, सन् २०२५ को समीक्षा र सन् २०२४ को डिलर पार्टनको तर्फबाट उत्कृष्ट दश डिलरलाई सम्मान तथा अन्य डिलरलाई सम्मान गरिने उनले बताए । म्याक्सिमा मल्टिनेशनल ट्रेडिङ प्रालिका सञ्चालक समितिका अध्यक्ष एवम् कार्यकारी निर्देशक मणिकुमार तामाङले हिक भिजन ‘ब्राण्ड’ उपकरण विश्वासिला, गुणस्तरीय र भरपर्दाे रहेका बताए । उनले भने, “हिक भिजन ‘ब्राण्ड’ उत्पादनको वार्षिक वितरक भेलाले आगामी दिनमा यसको प्रवद्र्धन गर्न सहयोग मिल्नेछ ।”
हाल हिक भिजन चीनबाट उत्पादित सीसीटिभी सर्भिलेन्स सम्बन्धी सम्बन्धी सिरिज घरयासी प्रयोजनदेखि पसल अफिस , विद्यालय , सभाहल टोल सार्वजनिक स्थल लगायत आदिमा प्रयोग गर्न मिल्ने क्षमताको सीसीटिभी , हाजिरी उपस्थिति उपकरण, स्मार्ट इन्टरआक्टिभ बोर्ड, लक सिस्टक, गेट ब्यारिअर, अलार्म सिष्टम, फायर स्मोक लगायतका डिटेक्टर सिष्टम, अण्डर भेहिकल सर्भिलियन्स सिष्टम एक्सर मेसिन लगायत उपकरण छन् ।
कार्यकारी निर्देशक तामाङलले भने, “हिक भिजन चीनबाट उत्पादित उपकरण ,सरसमान नेपालको विभिन्न स्थानबाट अधिकारी बिक्रेता मार्फत ‘स्टलेशन’ को सुबिधा सहित प्राप्त गर्न सकिने छ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण