एमाले महाधिवेशनमा करकापपूर्ण सहमति हुँदैन, स्वच्छ प्रतिस्पर्धाबाट नेतृत्व चयन हुन्छ: अध्यक्ष ओली
सारांश
- केपी शर्मा ओलीले एमालेको महाधिवेशनमा सहमतिबाटै नेतृत्व चयन गर्ने बताएका छन्।
- सहमति नभए स्वच्छ प्रतिस्पर्धाबाट नेतृत्व चयन हुने र कसैलाई करकाप नगर्ने ओलीको भनाइ छ।
- ओलीले आफू निरन्तरताका लागि नभई प्रतिनिधिले चाहेमा मात्रै अध्यक्ष पदमा रहने बताए।
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनमा करकापपूर्ण सहमतिको प्रयास नहुने बताएका छन्।
प्रेस चौतारी नेपालले बिहीबार काठमाडौँमा आयोजना गरेको सम्पादकहरूसँगको संवाद कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले भरसक सहमतिबाटै नेतृत्व चयन गरिने जानकारी दिए। यद्यपि, सहमति हुन नसकेको खण्डमा करकाप नगरी स्वच्छ प्रतिस्पर्धाको माध्यमबाट नेतृत्व छानिने उनले स्पष्ट पारेका छन्।
उनले प्रतिनिधिहरूले विश्वास गरेमा आफ्नो पार्टी अध्यक्ष पद निरन्तर रहने स्पष्ट गर्दै भने, ‘म थपिनेवालमा पर्दिन, निरन्तरतासम्म हुनसक्छ, प्रतिनिधिले पत्याएनन् भने मेरो पनि हट्ने सम्भावना हुन सक्छ। लोकतान्त्रिक पार्टीमा आग्रह, जिद्दी र हठले हुँदैन, त्यस कारण सहमतिमा जाँदा मैले छाड्ने सहमति भयो भने पनि म हट्ने स्थिति बन्न सक्छ, अथवा प्रतिनिधिले साथ नदिए, भोट नदिए हट्ने सम्भावना हुन सक्छ।’
एमाले विरुद्ध करौँती जस्तो नीति बनाइएको भन्दै उनले सहमति हुँदा पनि लोकतान्त्रिक अभ्यासलाई रोकेर सहमति गराए भन्ने आरोप लाग्ने गरेको र मतदानमा जाँदा पनि भाँडभैलो भयो भन्ने आरोप लाग्ने गरेको गुनासो गरे। यस पटक दबाब दिएर मिलाउने योजना नभएको बताउँदै उनले स्वच्छ प्रतिस्पर्धा वा बिना करकाप नेतृत्व छानिने विश्वास व्यक्त गरे।
केपी ओलीले छाडे सहमति हुन्छ भनेर पूर्वसर्त राख्नेहरूसँग आफ्नो सहमति नहुने ओलीले बताए। ‘म दबाबमा काम गर्ने मान्छे होइन, उहाँले बाहिर बाहिर उम्मेदवारी घोषणा गरेर हिँड्नु भएको छ, मसँग कुरा गर्नु पऱ्यो नि, मसँग त कुरा गर्नुभएको छैन,’ ओलीले भने।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेत्री स्वस्तिमा खड्का ‘लिभोन’ को ब्रान्ड एम्बासडर नियुक्त
-
लिवियामा नेपाली शान्ति सैनिकको अदलीबदली, ४२ जनाको टोली प्रस्थान
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण