नुवाकोट–१ मा प्रतिनिधिसभा सदस्यका लागि डा. प्रकाशशरण महत एकल सिफारिस
बिहीबार, २५ मङ्सिर २०८२, १९ : ४९
काठमाडौँ । नुवाकोट क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्ष तर्फ नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महत एकल सिफारिस भएका छन् ।
पार्टीभित्रका अन्य नामभन्दा महतको लोकप्रियता र नेतृत्व क्षमतालाई आधार मान्दै क्षेत्रीय समितिले उनीमाथि पूर्ण विश्वास व्यक्त गरेको बताइएको छ ।
समानुपातिकतर्फ भने पुरुष सूचिमा कृष्ण बहादुर लामा, महेन्द्र थिङ, कबिराज गुरुङ र प्रकाश गौतमका नाम सिफारिस गरिएको छ ।
समानुपातिक महिला समूहमा भवानी देवकोटा र अन्जु आचार्य सिफारिस सूचीमा परेका छन् भने दलित महिला कोटाबाट कल्पना नेपालीको नाम सिफारिस गरिएको छ ।
त्यस्तै राष्ट्रिय सभाका लागि खुला समूहबाट रामकृष्ण थापा तथा अपाङ्गता समूहबाट भाग्यश्री लामाको नाम सिफारिस गरिएको क्षेत्रीय समितिले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
-
सेयर बजारमा झण्डै १४ अङ्कको गिरावट, ५ अर्ब १८ करोडको कारोबार
-
आधुनिक प्रविधिको प्रयोगबाट कृषि क्रान्ति गर्दै किसान
-
नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा खतिवडा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण