बहिनीको विवाहका लागि उमर खालिदलाई अन्तरिम जमानत
काठमाडौँ । दिल्लीको एक अदालतले बिहीबार जेएनयूका पूर्वविद्यार्थी उमर खालिदलाई अन्तरिम जमानत दिएको छ ।
यद्यपि, अदालतले अन्तरिम जमानतको अवधिमा धेरै सर्तहरू पनि लगाएको छ । यो जमानत दिल्ली दङ्गाको षड्यन्त्रसँग सम्बन्धित यूएपीए मुद्दामा दिइएको हो । खालिदले आफ्नी बहिनीको विवाहमा सहभागी हुनका लागि अन्तरिम जमानत माग गरेका थिए ।
कडकडडूमा कोर्टका अतिरिक्त सत्र न्यायाधीश समीर बाजपेयीले उमर खालिदलाई डिसेम्बर १६ देखि डिसेम्बर २९ सम्मका लागि अन्तरिम जमानत दिएका छन् ।
अन्तरिम जमानतका सर्तअन्सार रिहाइपछि उमर खालिदले कुनै पनि साक्षी वा मामिलासँग सम्बन्धित कुनै पनि व्यक्तिसँग सम्पर्क गर्ने छैनन् ।
त्यस्तै, उनले आफ्नो मोबाइल नम्बर अनुसन्धान अधिकारीलाई दिनुपर्नेछ र जमानत अवधिभर फोन चालू राख्नुपर्नेछ। अन्तरिम जमानत अवधिमा उनलाई सामाजिक सञ्जाल प्रयोग गर्ने अनुमति हुने छैन ।
अन्तरिम जमानतको समयमा उनी केवल आफ्नो परिवार, आफन्त र साथीहरूसँग मात्र भेटघाट गर्न सक्नेछन् । उनले आफ्नो घर वा विवाह सम्बन्धी समारोहहरू हुने ठाउँमा मात्र बस्नुपर्नेछ ।
अन्तरिम जमानतको अवधि समाप्त भएपछि, डिसेम्बर २९ को साँझमा उनले सम्बन्धित जेलका अधिकारीसमक्ष आत्मसमर्पण गर्नुपर्नेछ, जसपछि अधिकारीले अदालतलाई रिपोर्ट पठाउनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान–इजरायल तनावबिच तेहरानको मेहराबाद विमानस्थलका सबै उडान रद्द
-
ब्रेन ट्युमरका बिरामीको संख्या बढ्दो, वीर अस्पतालमा असार १६ सम्म शल्यक्रिया शुल्क नलाग्ने
-
सर्वदलीय बैठकमा सहमति जुटेन, संसदमा विरोध कायमै रहन्छ : एमाले
-
सुरुङ मार्ग सञ्चालनमा ढिलाइ हुनु व्यवस्थापकीय कमजोरी हाे : रञ्जित कर्ण
-
सांसद पदम परियारको जिज्ञासा : सुरुङ मार्गको ऋण कसरी तिरिन्छ ?
-
सर्वदलीय बैठकमा रवि लामिछानेले गरे भारत भ्रमणबारे ब्रिफिङ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण