मोदी–ट्रम्पबिच टेलिफोन वार्ता, द्विपक्षीय सम्बन्ध र क्षेत्रीय मुद्दाहरूमा छलफल
बिहीबार, २५ मङ्सिर २०८२, २३ : ०७
सारांश
- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच टेलिफोन वार्ता भएको छ।
- मोदीले ट्रम्पसँगको कुराकानी सकारात्मक भएको बताएका छन्, दुई देशबीचको सम्बन्धबारे छलफल भयो।
- भारत र अमेरिकाले विश्व शान्ति, स्थिरता र समृद्धिका लागि सहकार्य जारी राख्ने प्रतिबद्धता जनाए।
काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकाका राष्ट्रपति डोनाल्डबिच टेलिफोन वार्ता भएको छ । मोदीले ट्रम्पसँग टेलिफोनमार्फत कुराकानी गरेको जानकारी सामाजिक सञ्जाल ‘एक्स’ मार्फत दिएका हुन् ।
मोदीका अनुसार, राष्ट्रपति ट्रम्पसँगको वार्ता अत्यन्तै सकारात्मक भएको थियो ।
प्रधानमन्त्रीले लेखे, ‘हाम्रो द्विपक्षीय सम्बन्धमा हासिल प्रगतिहरूको समीक्षा गर्यौँ, साथै क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विषयहरूमा पनि विस्तृत छलफल भयो ।’
उनका अनुसार, भारत र अमेरिका दुवै मुलुकले विश्व शान्ति, स्थिरता र समृद्धिका लागि सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता दोहोर्याएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण