नुवाकोट–२ मा कांग्रेसबाट प्रत्यक्षमा बहादुरसिंह र जगदीश्वरसहित ७ जनाको नाम सिफारिस
सारांश
- नेपाली कांग्रेस नुवाकोट क्षेत्र नम्बर २ ले फागुन २१ को निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ।
- प्रतिनिधि सभाको प्रत्यक्षतर्फ ७ र समानुपातिकतर्फ ४ जनाको नाम सिफारिस गरेको छ।
- बागमती प्रदेशका पूर्व मुख्यमन्त्री बहादुरसिंह लामा तामाङसहित ७ जनाको नाम सिफारिस गरिएको छ।
नुवाकोट । नेपाली कांग्रेस नुवाकोट क्षेत्र नम्बर–२ बाट आगामी फागुन २१ को निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ । बिहीबार बसेको क्षेत्रीय कार्यसमितिको बैठकले आसन्न प्रतिनिधि सभा (प्रत्यक्ष तथा समानुपातिक) र राष्ट्रिय सभाको निर्वाचनको लागि उम्मेदवारहरूको नाम सिफारिस गरेको हो ।
क्षेत्रीय समितिले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ ७ जना र समानुपातिकतर्फ ४ जनाको नाम सिफारिस गरेको छ।
उक्त प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको उम्मेदवारका लागि बागमती प्रदेशका पूर्व मुख्यमन्त्री एवम् वर्तमान सांसद बहादुरसिंह लामा तामाङसहित ७ जनाको नाम सिफारिस भएको छ। सिफारिस हुनेमा नेता जगदीश्वर नरसिंह केसी, ध्रुवप्रसाद अधिकारी, चोकराज शाक्य, बिन्दा अर्याल, सापकोटा र नमराज पाण्डे रहेका छन् ।
कांग्रेसले नुवाकोट–२ ले प्रतिनिधि सभाको समानुपातिकतर्फ नेता अर्जुननरसिंह केसीको नाम पहिलो नम्बरमा सिफारिस गरेको छ। समानुपातिकतर्फ जगतबहादुर तामाङ, गीता अमात्य र रुकमणि सेढाईको नाम सिफारिस गरिएको छ ।
यसैगरी, राष्ट्रिय सभा सदस्यका लागि ३ जनाको नाम सिफारिस गरिएको क्षेत्रीय समितिले जनाएको छ। जसमा श्रीराम श्रेष्ठ, राजु थापा र राज्यलक्ष्मी पाण्डे रहेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण