नेपाली सेनाको विभिन्न पदमा दरखास्त आह्वान
सारांश
- नेपाली सेनाले प्राविधिक, हवाई र विविध सेवाका पदिक तथा बिल्लादार पदहरूमा खुला प्रतिस्पर्धाको लागि दरखास्त आह्वान गरेको छ।
- आवेदकहरूले सेनाको वेबसाइट वा भर्ना छनौट निर्देशनालयको पोर्टल मार्फत अनलाइन फाराम भर्नुपर्नेछ।
- दरखास्त बुझाउने अवधि मंसिर २६ देखि पुस २६ गतेसम्म तोकिएको छ, ढिलो भए दोब्बर दस्तुर तिरेर पनि फारम भर्न सकिनेछ।
काठमाडौँ। नेपाली सेनाले रिक्त रहेका प्राविधिक, हवाई र विविध सेवा तर्फका पदिक तथा बिल्लादार पदहरू खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्न दरखास्त आह्वान गरेको छ।
योग्यता पुगेका नेपाली नागरिकहरूले नेपाली सेनाको आधिकारिक वेबसाइट www.nepalarmy.mil.np वा भर्ना छनौट निर्देशनालयको पोर्टल http://vacancy.nepalarmy.mil.np बाट अनलाइन दरखास्त फाराम भर्नुपर्नेछ। अनलाइन फाराम भरिसकेपछि सोको प्रिन्ट प्रतिसहित स्वयं उपस्थित भई नेपाली सेना केन्द्रीय भर्ना छनौट केन्द्र, सानो भऱ्याङ, स्वयम्भूमा रु. १० को टिकट टाँसी दरखास्त पेस गर्नुपर्नेछ।
दरखास्त बुझाउने समयावधि २०८२ मङ्सिर २६ गतेदेखि पुस २६ गतेसम्म तोकिएको छ। यदि कोही ढिलो भएमा दोब्बर दस्तुर बुझाएर २०८२ पुस २७ गतेदेखि माघ ३ गतेसम्म (थप ७ दिन) कार्यालय समयभित्र दरखास्त पेस गर्न सकिनेछ। यदि एकल वा दोब्बर दस्तुर बुझाउने अन्तिम मितिको दिन सार्वजनिक बिदा परेमा सो भन्दा पछाडिको कार्यालय खुल्ने दिनमा कार्यालय समयभित्र राजस्व बुझाई दर्ता गर्न सकिने व्यवस्था गरिएको छ।
दरखास्त दस्तुर भने नेपाल बैंक लिमिटेडको खाता नम्बर ००१०१००००००००१००१००१ (कार्यालय कोड ३४५०१३५१३ र राजश्व शीर्षक नं. १४२२४, परीक्षा शुल्क) मा जम्मा गरी त्यसको सक्कलै भौचर तथा एक प्रतिलिपि अनलाइन फारामसँगै पेस गर्नुपर्नेछ। एउटै विज्ञापनमा एकभन्दा बढी समूहमा दरखास्त दिइएमा प्रत्येक समूहका लागि २०% का दरले थप दस्तुर लाग्नेछ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
-
नेपालमा लोकतन्त्र अपहरित भएको छ : केपी ओली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण