नेपाल इन्जिनियरिङ परिषद्मा कार्यालय सहायकको स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान
सारांश
- नेपाल इन्जिनियरिङ परिषद्ले कार्यालय सहायक पदको लागि खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने भएको छ।
- योग्यता पुगेका नेपाली नागरिकले अनलाइनमार्फत आवेदन दिन सक्नेछन्, जसको अन्तिम मिति पुस १७ गतेसम्म तोकिएको छ।
- परीक्षा काठमाडौँ उपत्यकामा हुनेछ र लिखित परीक्षा लोक सेवा आयोगले सञ्चालन गर्नेछ।
काठमाडौँ । नेपाल इन्जिनियरिङ परिषद्ले लोक सेवा आयोगको सहमति तथा पदपूर्ति समितिको निर्णयअनुसार रिक्त रहेको कार्यालय सहायक पदमा खुला प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्ने भएको छ।
परिषद्ले लोक सेवा आयोगबाट सञ्चालित पूर्व योग्यता परीक्षा उत्तीर्ण गरेका तथा मान्यता प्राप्त शिक्षण संस्थाबाट एसएलसी वा सो सरह उत्तीर्ण गरी आवश्यक योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट आवेदन माग गरेको छ।
योग्यता पुगेका उम्मेदवारहरूले परिषद्को वेबसाइट vacancy.nec.gov.np मा गई साइन अप/लगइन गरी अनलाइन आवेदन दिन सक्नेछन्। यो सूचना प्रकाशित भएको मिति (२०८२/०८/२६) बाट २१ दिनभित्र अर्थात् २०८२ पुस १७ गतेसम्म र दोब्बर दस्तुर तिरी थप ७ दिन अर्थात् २०८२ पुस २४ गतेसम्म आवेदन दिन सकिनेछ।
खुला प्रतियोगितामा दरखास्त दिने उम्मेदवारहरूले पेमेन्ट ट्याबमा गई तोकिएको कुनै एक माध्यमबाट ६०० रुपैयाँ दस्तुर भुक्तानी गरेपछि मात्र दरखास्त फाराम भरी बुझाउनुपर्नेछ। अनलाइन प्रणालीबाट दरखास्त बुझाउने प्रावधान भएकाले अन्तिम दिन सार्वजनिक बिदा परेको अवस्थामा पनि सोही दिन अनिवार्य रूपमा तोकिएको दस्तुरसहित दरखास्त पेस गर्नुपर्नेछ।
उम्मेदवारको उमेरको हद १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ, तर महिला र अपाङ्गता भएका उम्मेदवारको हकमा ४० वर्ष ननाघेको हुनुपर्नेछ। परिषद्मा बहालवाला स्थायी कर्मचारीको हकमा भने उमेरको हद लाग्ने छैन।
परीक्षा केन्द्र काठमाडौँ उपत्यकामा रहनेछ र सबै पदको लिखित परीक्षा लोक सेवा आयोगबाट सञ्चालन हुनेछ, जसको कार्यक्रम लोक सेवा आयोगले निर्धारण गर्नेछ। समावेशी समूहका सम्बन्धमा सर्वोच्च अदालतको परमादेशको आदेश बमोजिम आवश्यक कानुनी व्यवस्था भएपछि सोही अनुसार पदपूर्ति गरिने जानकारी दिइएको छ।
अनलाइन प्रणालीबाट दरखास्त दिँदा उम्मेदवारको फोटो, नागरिकताको प्रमाण-पत्र, शैक्षिक योग्यता (न्यूनतम शैक्षिक योग्यता भए मात्र पुग्ने), समावेशी प्रमाण-पत्र लगायत सम्बन्धित विज्ञापनका लागि तोकिएका अन्य कागजातहरू अनिवार्य रूपमा अपलोड गर्नुपर्नेछ। परिषद्को सूचनामा उल्लेखित म्यादभित्र दाखिला नभएको वा रित नपुगेको दरखास्त स्वीकृत गरिने छैन।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
-
सार्वजनिक बिदाका दिनमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
हिमाचल प्रदेशमा पहिरोले कार पुरिँदा ६ महिनाका बालकसहित १३ जनाको मृत्यु, २ घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण