दाउन्नेमा काम तीब्र, यात्रुलाई सास्ती उस्तै (फोटो फिचर)
नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडक विस्तार आयोजनाको दाउन्ने क्षेत्रमा कामले तिब्रता लिएको छ । विस्तारका कारण सवारी आवागमनमा असुविधा भएपनि स्थानीय सरोकारवालाहरूसँग समन्वय गरी काम अघि बढाइएको छ ।
नारायणगढ–बुटवल सडक विस्तारको काम २०७५ माघ २४ गते चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालिसँग सम्झौता भएर शुरु भएको थियो । मूल रूपमा २०७९ साउन २२ गते सम्पन्न गर्ने लक्ष्य राखिएको यो परियोजना एशियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा सञ्चालित छ । तर विभिन्न प्राविधिक र मौसमी अवरोधका कारण काममा ढिलाइ हुँदा हालसम्म चार पटक म्याद थप गरिएको छ ।

तेस्रो पटक २०८२ साउन ८ सम्म र चौथो पटक २०८३ असारसम्म म्याद बढाइएको हो । कुल सडकमध्ये ७० किलोमिटर चार लेन, २९ किलोमिटरमा चार लेनसहित दुवैतर्फ ६/६ मिटर सर्भिस लेन र दाउन्ने क्षेत्रको १४ किलोमिटरमा तीन लेन निर्माण हुनेछ ।

पूर्वी खण्ड (गैँडाकोटदेखि दाउन्नेसम्म ६५ किलोमिटर) मा ३३ वटा पुल निर्माण सकिएको छ । दाउन्ने क्षेत्र पूर्वी खण्डको सबैभन्दा चुनौतीपूर्ण भाग मानिन्छ । यहाँको साँघुरो सडक र पहाडी भूगोलका कारण विस्तारमा ढिलाइ भएको थियो ।
















































खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
-
१४ सय दर्शकले हेरे उत्कृष्ट घोषित ६ चिनियाँ फिल्म
-
६ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइन : कार्यवाहक प्रमुख आयुक्त भण्डारी
-
नेपालमा आधिकारिक रूपमा सुरु भयो उबरको सेवा, बाइक र कार दुवै सेवा उपलब्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण