‘धुरन्धर’ ६ खाडी मुलुकमा प्रतिबन्धित, भारतमा २ सय करोड क्लबमा
सारांश
- रणवीर सिंहको फिल्म 'धुरन्धर' लाई ६ खाडी मुलुकमा प्रदर्शन गर्न प्रतिबन्ध लगाइएको छ।
- खाडी मुलुकका अधिकारीहरूले फिल्मलाई 'पाकिस्तान विरोधी' भएको कारण देखाउँदै प्रदर्शनको अनुमति दिएनन्।
- भारतमा भने फिल्मले राम्रो कमाई गरिरहेको छ र बक्स अफिसमा २०० करोड क्लब पार गरेको छ।
मुम्बई । रणवीर सिंह अभिनीत फिल्म 'धुरन्धर' भारतीय बक्स अफिसमा २०० करोड क्लबमा प्रवेश गरिसकेको छ, तर यस फिल्मलाई ६ वटा खाडी (गल्फ) मुलुकमा प्रतिबन्ध लगाइएको छ। फिल्म निर्माताहरूको प्रयासका बाबजुद ती देशहरूमा फिल्म प्रदर्शन गर्ने अनुमति दिइएन।
बलिउड हंगामाको पछिल्लो रिपोर्टअनुसार 'धुरन्धर' बहराइन, कुवेत, ओमान, कतार, साउदी अरब र यूएईलगायत ६ खाडी मुलुकमा रिलिज हुने छैन। ती देशका अधिकारीहरूले फिल्मलाई ‘पाकिस्तान विरोधी’ बताउँदै प्रदर्शन अनुमति दिन अस्वीकार गरेका हुन्।
फिल्म सम्बद्ध एक निकट स्रोतले रिपोर्टमा भनेका छन्, ‘यो आशङ्का पहिलेदेखि नै थियो किनकि फिल्मलाई ‘एन्टी-पाकिस्तान फिल्म’ मानिँदैछ। टोलीले कोसिस त गर्यो, तर कुनै पनि देशले फिल्मको 'थिम' लाई स्वीकृति दिएन। यसै कारण 'धुरन्धर' कुनै पनि खाडी मुलुकमा रिलिज हुन पाएन।’
यता भारतमा भने फिल्मले बक्स अफिसमा बलियो प्रदर्शन गरिरहेको छ। 'धुरन्धर' ले भारतमा हालसम्म कुल २१८ करोड भारतीय रुपैयाँको कलेक्शन गरिसकेको छ। फिल्म क्रिटिक तरण आदर्शले सामाजिक सञ्जालमा पोस्ट गर्दै फिल्मले बिहीबारमा २९ करोड ४० लाख रुपैयाँको कलेक्सन गरेको जानकारी दिएका छन्, जुन फिल्मको ओपनिङ कलेक्शन (२८.६० करोड) भन्दा पनि बढी हो।
फिल्मको कुल कलेक्शनलाई हेर्दा दोस्रो सप्ताहन्तसम्ममा यो फिल्म ३०० करोड क्लबमा प्रवेश गर्न सक्ने अनुमान गरिएको छ। फिल्मका कलाकार र गीतहरू निरन्तर चर्चामा छन्। विशेषगरी रहमत डाँकुको भूमिका निर्वाह गरिरहेका अक्षय खन्नाको 'हुक स्टेप' निकै भाइरल भइरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण