सामाजिक सञ्जालमा युनिफर्म लगाएको फोटो र भिडियो राख्ने २१२ जना सशस्त्र प्रहरीमाथि कारबाही
शुक्रबार, २६ मङ्सिर २०८२, १४ : १७
सारांश
- सशस्त्र प्रहरीले टिकटक र फेसबुकमा युनिफर्म लगाएर फोटो तथा भिडियो पोस्ट गर्ने २१२ जनालाई कारबाही गरेको छ।
- सशस्त्र प्रहरीका अनुसार, कारबाहीमा परेका कर्मचारीहरूले सामाजिक सञ्जालसम्बन्धी आन्तरिक नीति उल्लंघन गरेका थिए।
- कारबाहीमा नसियत, बढुवा रोक्का र सख्त चेतावनी जस्ता सजायहरू समावेश छन्।
काठमाडौँ । सामाजिक सञ्जाल टिकटक र फेसबुकमा युनिफर्म लगाएको फोटो र भिडियो पोस्ट गर्ने २१२ जनालाई सशस्त्र प्रहरीका कर्मचारी कारबाहीमा परेका छन् ।
२०८० देखि अहिलेसम्म २१२ जनालाई अनुशासनको कारबाही गरिएको सशस्त्र प्रहरी बलका प्रवक्ता (डीआईजी) मनिष थापाले जानकारी दिए । उनले भने, ‘सामाजिक सञ्जाल प्रयोग सम्बन्धी आन्तरिक नीति विपरीतको काम गरेको भेटिएपछि उनीहरूलाई कारबाही गरिएको हो ।’
युनिफर्म लगाएर हतियार समेत प्रदर्शन गरेर भिडियो तथा फोटो अपलोड गर्नेहरूलाई सशस्त्रले नसियत, बढुवा रोक्का र सख्त चेतावनीको कारबाही गर्दै आएको छ ।
पछिल्लो ३ दिनयता १३ जना सशस्त्र प्रहरी कर्मचारीमाथि सामाजिक सञ्जाल प्रयोगमा लापरबाही गरेको आरोपमा कारबाहीको प्रक्रिया सुरु गरिएको डीआईजी थापाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण